नेपाल बिरोधी भारतीय पत्रकार गोस्वामीलाई मुद्धा चलाउन अदालतको आदेश

नेपाल बिरोधी भारतीय पत्रकार गोस्वामीलाई मुद्धा चलाउन अदालतको आदेश

  • आइतवार, जेष्ठ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 48.2K
    SHARES

जेष्ठ ११ काठमाण्डौं । रिपव्लिक टिभी मार्फत नेपाल विरुद्ध गोली गलौज, उत्तेजना फैलाउने र सीमानाको बारेमा भ्रम फैलाउने नेपाल विरोधी पत्रकार अर्नब गोस्वामी विरुद्ध मुद्धा चलाउन भारतको अदालतले आदेश दिएको छ ।
उनले मुसलमान विरुद्ध मानहानी र गाली बेईजतिको मुद्धाको सामना गर्नु पर्ने भएको छ । यस अघि सो मुद्धा रोक्न उनले सर्बोच्च अदालतमा उनले दिएको निवेदन खारेज भए पछि अब मुम्बई प्रहरीले गोस्वामीमाथि अनुसन्धान गर्ने छ ।
नेपाल, नेपाली र नेपालको नयाँ नक्सा बिरुद्ध बिष बमन गर्ने गोस्वामीको गैर व्यवशायीक पत्रकारीता शैलीको नेपालमा समेत विरोध भईरहेको छ ।

गोस्वामीबिरुद्ध साम्प्रदायिक सद्भाव भड्काउने टिभी कार्यक्रम चलाई मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेवापत मुम्बई प्रहरीले दर्ता गर्न लागेको मुद्दा रोकि पाउन दायर गरिएको अपिल सर्वोच्च अदालतबाट गत मंगलबार खारेज भएको थियो ।

आधारमा पछिल्लो मुद्दा गोस्वामीले मुम्बई शहरका लाखौं सुकुम्बासीबिरुद्ध बारम्बार प्रयोग गरेको तुच्छ र निकृष्ट भाषालाई लिएर दर्ता गर्न लागेको बताइन्छ । उनले केही समयअघि बान्द्राको रेल्वे स्टेशन क्षेत्रमा जम्मा भएका सुकुम्बासीहरुलाई ‘भाडाका टट्टुहरुको भेला’ पछि मजदुर सुकुम्वासी विरोधमा छन् ।

न्यायाधीश डी.आई.चन्द्रचुड र एम.आर.साहको संयुक्त इजलासले ‘प्रेस स्वतन्त्रता भनेको जथाभावी बोल्नु र लेख्नु कदापि होइन’ भन्दै ५६ पृष्ठ लामो फैसला सुनाएको छ । जसमा भनिएको छ ‘अभिव्यक्ति स्वतन्त्रता भनेको निरपेक्ष हुँदैन । पत्रकारलाई प्रेस स्वतन्त्रताको आडमा सँधै मनपरी बोल्ने छुट पनि छैन ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ