नेता जीहरु , तारे होटल जस्तो बंगला कसरी ठड्याउनु भयो ?

नेता जीहरु , तारे होटल जस्तो बंगला कसरी ठड्याउनु भयो ?

  • शनिबार, जेष्ठ १०, २०७७
  • -लक्ष्मण चौलागाईं विद्रोही

  • 63.4K
    SHARES

हामी सबैको चाहना देश बनाउने हो। हामी सबैको राजनिती राष्ट्र निर्माणको हो। हामी सबैको उद्देश्य देश समृद्ध बनाउने हो र हामी सबै दलहरुको चाहना मुलुकवासी सुखी भएको देख्ने नै हो।
यो नेपाली राजनीतिको आम गायत्री मन्त्र हो।निर्वाचन आउदा जनतामाझ गुन्जिने साझा भाषण हो। अल्पविकसित मुलुकका जनताको सपना मुलुक समृद्ध भएको र सबै जनता सुखी भएको अनुभुती हामी सबै जनताहरुको साझा सपना हो।
निर्वाचन आउदा एक रातमा छापिन्छन घोषणापत्र जनताका आवश्यकताहरु के के हुन ? मुलुकको विकास के के आवश्यक छन ? आदि इत्यादी ।
तर विडम्बना ,चप्पल पड्काएर काठमाडौं छिरेको युवा नेता बन्छ। यिनै घोषणापत्रका साझा नाराहरुले ।उ सिंहदरबारमा मन्त्री बन्छ यिनै आश्वासनहरुले । अनि क्रमशः उ प्रधानमन्त्री बन्छ यिनै आश्वासनका पोकाहरु जनतालाई बाडेर निर्वाचन जितिसके पछि ।
दिनहरु बित्दै जान्छन ।देश बनाउने साझा सपनाले त्यो नेता अरबपति बन्छ। उसका भव्य महल बन्छन। भ्रष्टाचारका कुरै हुदैनन । जिन्दावादका नारा लगाउदै जनता उसैको पछि लाग्छन। यो क्रम वर्षौं देखि तिब्र हुँदै जान्छ । यसैकारण हाल हाम्रा सम्माननीय प्रधानमन्त्री ओलीजीकै महल हेरौं ,पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकै बंगालाहरु हेरौं ,थुप्रै राजनेताका निवासहरु हेरौं। तारे होटल भन्दा कम सुविधाजनक छैनन ती भव्य महलहरु ।
कहाबाट आउँछ पैसा ती हाम्रा ओलीहरुको बंगाला बन्न ? कहाबाट आयो पैसा ती हाम्रा देउवाहरुको दरबार बनिन ? यी प्रश्न कसैले पनि गरेको सुनिएन ?
सम्पत्ति विवरणका लिस्ट हेर्दा कोहिका ८० तोला सुन ,कोहि २० तोला सुन ,कोहिका ५ किलो चाँदी ,कोहिका अग्ला अग्ला घर यी कसरी भए ? एक पटक मनमनै सोचौं ,विश्लेषण गरौं त ?
यतिका धेरै सम्पत्ती कमाउन हाम्रा सम्माननीय प्रधानमन्त्रीले के पेशा गरे ? हाम्रा पूर्व प्रधानमन्त्री देउवाले डढेल्धुराको पुर्ख्यौली सम्पती बेचेर जोडे ? नेकपाकै महासचिव विष्णु पौडेलले झन्डै झन्डै बालुवाटारको सरकारी जग्गा ललितानिवास आफ्नो छोराको नाममा पास गरि नै सकेका अवस्थाहरुले नै आफै जवाफ दिन्छन। प्रचण्ड कमरेड सर्बहारा मजदुर किशानका लागि जनयुद्ध गरेर आएका सर्वोच्च कमाण्डर , अहिले उनको जीवन शैली धान्ने स्रोत के हो ? भाडामै भए पनि आलिसान बंगलामा उनी नयाँ बजार छाडे देखि नै बस्दै आएका छन् । लाजिम्पाट बंगलामा विरोध निकै हुदा हुदै पनि लामो समय बसेका उनी फेरी ठेकेदार शारदा प्रसाद अधिकारीको बंगलामै बस्न पुगेका छन् । तीन तोला सुन र चितवनमा अलिकति घडेरी सम्पत्ति देखाउने प्रचण्डले श्रीमतिको उपचार सिंहापुरदेखि अमेरीकासम्म गराईरहेका छन् , आखिर पैसा कसले दिन्छ ? कतै खुल्दैन । अरु नेताहरु पनि छन् जसको हिशाब जनताले देखिरहेका छन् । उनीहरुको जीवन शैली जम्मै हेरकै छन् ।
हामी किन पछि पर्यौं ? देश किन कंगाल भयो ? आर्थिक वृद्धिदर किन ओरालो तिर झर्यो ?
कारण खोज्न यिनै बंगालो तिर पुगेसी जवाफ आफै निस्कन्छ ।
नेपाल सरकारको अख्तियार अनुसन्धान विभागका आयुक्त चयन नेपाली राजनितीले नै गर्छ ,नेपाल प्रहरीका महानिरीक्षक नेपाली राजनितीक दलकै तजविजमा हुने गरेको छ । यस्तै नीतिगत रुपले यो विभन्नि तरीकाबाट म्ल्य जम्मा गर्ने नेताहरुको पक्ति सानो छैन । नेताहरुको स्रोतको खोज अक्सर कम हुन्छ ।
जब निर्वाचन आउँछ ,करोडौं करोड खर्च गरिन्छ ,अनि त्यही पैसा हुने, पँहुच हुनेहरु निर्वाचित हुन्छ। फेरि उ मुलुकको प्रधानमन्त्री बन्छ। मन्त्री बन्छ उसका लागि चुनावी क्रृण ब्याज सहित असुल गर्ने मौका पाईहाल्द्धछ कमाउ धन्दा प्रशस्त हुन्छ। हेर्दा कतै भ्रष्टाचार गरेको देखिदैन , तर पनि पैसाको यसरी परिचालन हुन्छ कि उसगँ उसले लिने तलव सुविधा आदि कुनै पनि कुराले भ्याउदैन । अनि बंगालहरु एक पछि अर्को ठडिदै जान्छ । जनतालाई महंगीको भार ,मुलुकको विकास घोषणापत्रमा बासी भैरहेको हुन्छ। यसरी नेपाली राजनीति पेशा र राजनेता पेशेवर बन्न पुगेको हो।
यसको अनुसन्धान गर्न के गर्ने ?
जसरी नेतालाई जनताले चुन्छन त्यसै गरि अख्तियारको आयुक्त चुन्न पनि जनताको जनमत खोजिनु पर्छ। सोही तरिकाले सर्वोच्च अदालतका प्रधान न्यायाधीश जनताले चयन गर्न पाउनुपर्छ । नेपाल प्रहरीका महानिरीक्षक बन्नका लागि आफ्नो जीवनकालमा उक्त प्रहरीले के कति राम्रा काम गर्यो ? देशको लागि हित हुने के के काम गर्यो रुतिनिहरुको लेखाजोखा गरेर प्रहरीको महानिरीक्षक चयन गरिनुपर्छ ।
अख्तियार रअदालत र सुरक्षा विभागका प्रमुखको चयनमा राजनितीको खेल विहिन जनताको रोजाई र व्यक्तिका योगदानहरुको मुल्यांकन गरेर यी तीन तहमा प्रमुख चयन गरियो भने ५ तारे होटल बनाउने सपनाका राजनितीज्ञहरु हराउन पुग्नेछन। कसले के गरि कति कमायो रुकुन नेताका सम्पत्ती कसरी त्यति धेरै भए प्रष्ट कारण सहजै बाहिरिन पाउनेछ।

भ्रष्टाचारको अन्त्यको विकल्प के ?
देशको मुल कानुन संविधानमा उल्लेख गरिनुपर्छ भ्रष्टाचार जतिसुकैको होस त्यसको विगो भ्रष्टाचारीको सारा सम्पत्ती जफत गर्ने किसिमको र सजायँ न्युनतम ५० वर्ष जेल सजायँको संविधानत: उल्लेख गरिनुपर्छ । भ्रष्टाचार र अनियमितता विरुद्द न्यायालय चनाखो हुनुपर्छ । भ्रष्टचार गरेर अकुत सम्पत्ती कमाउने जो सुकै होस उसको सारा सम्पत्ती राज्यले जफत गर्ने नीति बन्यो भने मुलुकको ढुकुटी जोगिन पाउनेछ। पाचतारे होटल जत्रा बंगालो राज्यको सम्पत्ती हुनेछ।
तत्पश्चात ,
देश उन्नतिको शिखर तिर लम्किनेछ। पाचतारे होटल बनाउने सपना बोकेकाहरुको विरासत स्वतः समाप्त हुनेछ। अनियमितताका समाचारहरु बाहिर आउनेछैनन। स्वदेश बाट विदेश पलायन भएका युवायुवतीहरुका लागि मुलुकमा नै रोजगारका विकल्पहरु देखा पर्नेछन। देश समृद्ध बन्न कत्ति पनि समय लाग्ने छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी