खुँडा पखालेर साँध बसालेको नेपाल भारत सम्बन्ध  

खुँडा पखालेर साँध बसालेको नेपाल भारत सम्बन्ध  

  • शनिबार, जेष्ठ १०, २०७७
  • आरसी न्यौपाने

  • 23.6K
    SHARES

आमुख
नेपाल पुन एकीकरणका नायक पृथ्वीनारायण शाहको नेतृत्वमा आधुनिक नेपाल निर्माणको महा यज्ञमा कालु पाँडे, बहादुर शाह, भीमसेन थापा ,भक्ति थापा , अमर सींह ,बलभद्र लगायतका हजारौ नेपाली विर सपुतहरुको योगदान छ । ऋषि ज्ञान विचार दर्शन शास्तास्त्र, सशस्त्र ज्ञान विज्ञान र चातुर्यताको कला कौशलताको जगमा र चमचम गर्ने खुकुरी नचाउँदै सतलजसम्म पुग्ने अमर सिंह थापा लगायतका विरहरुको देशभक्तिपूर्ण राप र तापले सिर्जना गरेको टिष्टादेखि काँगडासम्मको भूमि नेपाल आज पनि नेपाली जनताको स्मरणमा ताजै छ । नेपालको उषाकालदेखिको ज्युँदो इतिहास वैदिक सभ्यताको शाश्वत दस्तावेजीकरणको मानकबाटै पुष्टि हुँदै आएको छ । वैदिक संस्कृतिको वृहतम् अध्ययनबाट के बुझ्न सकिन्छ भने नेपाल राष्ट्रको परिचय वैदिककालीन सभ्यतासँग अभिन्न ढङ्गले जोडिएको छ ।नेपालले आफ्नो चौकिल्ला, सिमाना ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पुरातात्विक सत्यतथ्यपूर्ण आधारमा हेर्दा नदीलाई मुख्य आधार बनाइएको छ । यसरी हेर्दा नेपालको पश्चिम सिमाना जमुना नदीलाई आधार बनाएर कस्मिरसँग सीमा बाँधेको र कस्मिरले सालाना नेपाललाई उपहार दिएको घटनाबाट स्पष्ट भएको छ । त्यस्तै, नेपालको पूर्वी सिमाना ब्र्रह्मपुत्र नदी र त्यसवरिपरि नेपालीभाषी आवादी रहेको दार्जिलिङ, सिक्किम, भुटान, नागाल्यान्ड, मणिपुर, मेघालय, मिजोरम, आसाम क्षेत्रमा विद्यमान नेपाली जाति र तिनको धार्मिक, साँस्कृतिक मूल्यबोधबाट पनि नेपालको पूर्वोत्तर सिमाना जगजाहेर छ ।
नेपालको उत्तरी सिमाना मानसरोवर उद्गमस्थल बनाई प्रवाहित ब्रह्मपुत्र नदी तथा हिमालपारिका मनाङ, मुस्ताङ, माथिल्लो डोल्पामा बसोवास गर्ने नेपाली जाति तिब्बती पठार क्षेत्रमा विद्यमान नेपाली बस्तीबाट पनि नेपालको उत्तरी सीमा छर्लङ्ग हुन्छ । नेपालको दक्षिणी सिमाना गङ्गाको मैदानमा नेपाल पुनः एकीकरणका अभियन्ताहरूले खुँडा पखालेर साँध बसालेको दृष्टान्तबाट पुष्टि हुन्छ । नेपालको वास्तविक ऐतिहासिक सिमानाका मुख्य आधारगङ्गा, ब्र्रह्मपुत्र र जमुना नदीहरू नै हुन् ।यी ऐतिहासिक सिमाना सुगौली सन्धिजस्तो कीर्ते सन्धिका कारण खुम्चिन पुगेको दुर्भाग्यबाट अहिले नेपालको पूर्व–पश्चिम सिमाना मेची–महाकाली नदी नै मूल सिमानाका रूपमा रहिआएको छ ।

विषय विस्तार
इण्डिया शब्दको उत्पत्ति संवन्धमा ल्याटिन भाषाको क्ष्लमष्य बिज शब्दबाट इण्डिया बनेको पाइन्छ । जसको अर्थ तुच्छ, नीच, हीन वा निकृष्ट भन्ने हुन्छ । हजारौं वर्ष मुगल र सयौ वर्ष ब्रिटिसको गुलाम तथा उपनिवेष बनेको वाश्तविक वैदिक भारत नामको इण्डिया नाममा रुपान्त्रण गर्ने काम इष्ट(इण्डिया कम्पनिले गरेका हुन । इण्डियन शासक वर्ग ,राजनीतिक नेतृत्व र त्यहाँका मूलधारका पत्र पत्रिका ,टेलिभिजन ,कतिपय नागरिक समाजका वुद्धिजीवी ,सेना ,पुलिस ,कर्मचारीतन्त्र को ठूलो हिस्साको प्रवृति नियाल्दा वाश्तवमा इण्डियन शासक वर्ग निच ,निकृष्ट नै छन् भन्नेमा दुविधा छैन ।हामी इतिहाँसको आदर्श भारत चाहन्छौ नकि इण्डिया ।अफसोच भारतियहरु ब्रिटेनको उपनिवेशबाट स्वतन्त्रता पाए पछि पनि उसको गुलाम मानसिकता भारत वर्षमा परिणत हुन नसकी इण्डियामै रमाउन पुग्नु दुखत छ । इष्ट(इण्डिया कम्पनिको अतिक्रमित मानसिकता आज पर्यन्त इण्डियन शासकबाट पनि दोहोरिन आईपुग्नु गौरवपूर्ण वैदिक सभ्यता भारत वर्षको खिल्ली उडाउनु हो ।
यतिवेला सन १८१६ को सुगौली सन्धिले निर्धारण गरेको नेपालको चौकिल्ला सीमाना रक्षा इतिहाँसको महत्वपूर्ण कार्यभार बनेको छ । पछिल्लो समय भारतले सुगौली सन्धिले निर्धारण गरेको नेपाली भूमि नेपालको ७१ भन्दा बढी स्थानमा सिमाना मिची अतिक्रमण गरेको छ । झण्डै ६० हजार हेक्टर बढी नेपाली भूमि भारतले अतिक्रमण गरेको छ । यतिवेला हामी हाम्रा विर पुर्खाहरूको रगत पसिनाद्वारा सिर्जित नेपाली भूमिको रक्षाको लागि सौर्य उर्जाका साथ चनाखो र गतिशील बन्नु छ ।नेपाली भूमि माथिको भारतीय अतिक्रमण सुस्ता महेसपुर क्षेत्रको अलावा खास गरेर पश्चिम दार्चुला क्षेत्र वढी पेचिलो बनेको छ ।
विगत लामो समय सन १९६२ तिरबाट भारतीय अतिक्रमणमा परेको नेपालको दार्चुलाको कालापानी ,लिपुलेक ,लिम्पियाधुरा यति वेला अन्तराष्ट्रिय वहशको विषय बन्न पुगेको छ ।
४ मार्च १८१६ को सुगौली सन्धिको धारा ५ ले नेपालको पश्चिमी सिमाना महाकाली नदी मानिएको छ । त्यस्तै १९६१ अक्टोबर ५ मा नेपाल–चीन सीमा सन्धिको धारा १ ९१० मा नेपाल र चीनको सीमारेखा काली नदी र टिङ्कर नदीको पानीढलोबाट प्रारम्भ हुने भनेर स्पष्ट भनिएको छ ।
यी दुवै सन्धि, सम्झौताबाट नेपालको पश्चिमी सिमाना महाकाली नदी र महाकाली नदीको मुहान पनि लिम्पियाधुरा नै हो ।सन् २०१९ नोभेम्बर १ अथवा २०७६ कात्तिक १५ गते भारत सरकारका गृह मन्त्रालय र नापी विभागले जारी गरेको भारतको राजनीतिक नक्सामा दार्चुलामा पर्ने नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा राखेर सार्वजनिक गरेको विषय नेपाली राष्ट्रियतामाथिको ठाडो हस्तक्षेप हो ।भारतको उत्तराखण्डस्थित दार्चुला क्षेत्रको पिथौरागढबाट पूर्व पिथौरागढ नेपालको दार्चुलाको लिपुलेख हुदै मानसरोवर जाने मार्ग निर्माणमा नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गरी उद्घाटन समेत गर्न पुगेबाट नेपालको सार्वभौमिकता माथि ठाडो हस्तक्षेप भएको छ ।यस सडकको निर्माणको पछिल्लो पृष्ठभुमि नियाल्दा सन् १९९९ मा अटल विहारी वाजपेयी सरकारका विदेशमन्त्री जसवन्त सिंहको चीन भ्रमणका बेला लिपु भन्ज्याङलाई व्यापारिक नाका बनाउने समझदारी हुन गएबाट यसले परिचर्चा पाउन गएको हो ।

प्राप्त अर्को जानकारी अनुसार सन २००५ अप्रिल ९-१२ मा भारतमा भएको चिनियाँ विदेशमन्त्री वु डाबे र भारतीय समकक्षी श्यामशरणबीच भएको संझौताहरु मध्य ‘मोडालिटिज फर द इम्प्लिमेन्टेसन अफ कन्फिडेन्स बिल्डिङ मिजर्स इन द मिलिट्री फिल्ड एलङ त लाइन अफ एक्चुअल कन्ट्रोल इन द इन्डिया–चाइना बोर्डर एरियाज’ नामको उक्त सम्झौताको दफा ५ को उपदफा ९२० मा भनिएको छ, ‘मध्य सेक्टरको लिपुलेकरच्याङ्ला भन्ज्याङ र पूर्वी सेक्टरको किविथु–दामाईलाई संलग्न गरी सीमा बैठक विन्दुहरूको संयन्त्र विस्तार गर्न दुवै पक्ष सिद्धान्ततस् सहमत भएका छन् ।’
त्यस्तै सन २०१४ सेप्टेम्बर १८ मा छिमेकी चीनका महामहिम राष्ट्रपति सी चिनफिङ्को भारत भ्रमणका बेला भारत र चीनका विदेश मन्त्रालयबीच कैलाश मानसरोवर यात्रा गर्ने भारतीय तीर्थयात्रीका लागि नयाँ रुट खोल्ने समझदारी भयो ।त्यस समझदारी पत्रमा भारतीय विदेशमन्त्री सुषमा स्वराज र चिनियाँ विदेश मन्त्री वाङ यीले हस्ताक्षर गरे । उक्त समझदारी अनुसार लिपु भन्ज्याङका साथै नाथुला, सिक्किममा पनि वार्षिक मानसरोवर यात्रा गर्न सकिने व्यवस्था समझदारीपत्रमा उल्लेख भएबाट नेपालको गंभिर ध्यानाकर्षण हुन पुगेको वाश्तविकता छिपाएर छिप्दैन ।
१५ मे २०१५ मा भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको चीनको राजकीय भ्रमणको वेला मोदी जीले चिनियाँ समकक्षीसंग गरेको दुई पक्षीय समझदारीको २८ औँ बुँदामा सीमा व्यापार, दुवै देशका बासिन्दाको तीर्थाटन र अन्य आदानप्रदानका माध्यमबाट आपसी विश्वासलाई प्रभावकारी रूपमा प्रवद्र्धन गर्न सकिने कुरामा दुई पक्ष सहमत भए भन्ने उल्लेख छ ।साथ साथै, सीमालाई सहकारिता र विनिमय पुलका रूपमा विस्तार गर्दै सम्बन्धलाई अझ विस्तार गर्ने कुरामा पनि एकमत भए । दुवै पक्ष व्यापार वस्तुको सूची बढाउन वार्ता गर्न र नाथुला, च्याङ्ला रलिपुलेक नाका र सिप्किलामा सीमा व्यापार बढाउन पनि राजी भएको ब्यहोराको समझदारी भएबाट नेपालको सार्वभौमिकता माथि आघात पुगेको कुरा घाम झै छर्लङ छ ।

नेपालको सार्वभौमिकता माथि दखल दिने समझदारी भएकोमा नेपालले चीन र भारत दुवैलाई कुटनीतिक माध्यमबाट आपत्ति तथा आफ्नो सरोकार प्रकट गरेको थियो ।पछि चीनले नेपालको सरोकारलाई गंभिरता पूर्वक लिएको र त्यो समझदारी तिर्थ यात्रा संग मात्र संवन्धित हो सीमा ब्यवस्थापन संग कुनै सरोकार राख्दैन नेपालको चासोमा हाम्रो समर्थन छ भन्ने प्रतिक्रिया दिएबाट चीनले आफ्नो कमजोरी सच्चाएको रुपमा बुझ्नु पर्छ । तर भारतले नेपालको चासोलाई वेवास्ता गरी एक तर्फी रुपमा मिचाहा प्रवृति देखाई नेपाली भूमिमा सडक खन्न पुगी नेपाली सार्वभौमिकता माथि चुनौति दिन आई पुगेको छ । यो कुराको पुष्टि हालै ७ में २०२० मा भारतीय रक्षा मन्त्रालयले जारी गरेको एक बिज्ञप्ति हेर्दा प्रष्टै हुन्छ ।विज्ञप्तिमा भनिएको छ उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन ९बीआरओ० ले कैलाश मानसरोवर रुटलाई चीनको बोर्डरसम्म जोडेको छ । कोभिड९१९ को महामारी सामना गर्दै बीआरओले १७ हजार ६० फिट उचाइमा रहेको कैलाश मानसरोवरमा बाटो विस्तार गरेको हो ।’
भारतले बल मिचाँई पूर्वक नेपाली भूमिमा निर्माण गरेको उक्त सडकको उद्घाटन पश्चात नेपाल सरकारले कुटनीतिक च्यानल मार्फत विरोध गर्न पुग्यो । तर भारत सरकारले नेपालको आग्रह एवं सरोकार उपर कुनै सरोकार नराखी उल्टै नेपाली भूमिलाई आफ्नो हक भोगको भूमि रहेको प्रतिक्रिया सार्वजनिक गर्न पुगेबाट उसको मिचाहा र हेपाहा कलुसित मनोवृति विश्व जगतले जान्न बुझ्न पाएको छ ।भारतीय शासक वर्ग नेपाल, भारत सम्बन्धलाई प्रगाढ बनाउनुको अलावा साम्राज्यवादी बुई चढेर नेपालविरूद्ध ब्रिटिस साम्राज्यवादले सुगौली सन्धिमार्फत हडपेको भूमि चर्चेर नपुगी कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका दर्जनौँ क्षेत्रमा नेपाली भूमि अतिक्रमण गर्न आइपुग्नुबाट भारतको असली अनुहार उदाङ्गो भएको छ । भारतको उक्त हेपाहा मिचाहा प्रवृतिको जवाफ नेपाल सरकारले आफ्नो ऐतिहाँसिक हक भोगको तथ्य सत्यमा आधारित भूमि सहित नेपालको नक्सा अधयावधिक गरी नयाँ नक्सा सार्वजनिक गरेको छ । नेपाल सरकारको यस गुढ कार्य अध्यावधिक नक्सा संविधानत संसोधन मार्फत चलन चल्तिमा ल्याउने निर्णय सहित २०७७र०७८ को नीति तथा कार्यक्रम मार्फत सार्वभौम संसदमा पेस गरी सर्व सम्मत रुपमा पास गर्न सक्षम हुनु ऐतिहाँसिक उपलव्धि हो । यस कार्यमा नेकपा(नेकपा) पार्टी तथा ओली नेतृत्वको सरकार ,प्रतिपक्ष सबै सबै राजनीतिक दल तथा आम जनताको पंति एक ठाँउ आईपुग्नु देशभक्तिको ओझ हो ।

निष्कर्ष
नेपालको नक्सा पहिलो पटक अध्यावधिक गरी नेपाल राजपत्रमा प्रकाशित धएको छ । सुगौली सन्धिले निर्धारण गरेको नाप नक्सालाई अध्यावधिक गरी संविधान २०७२ को संसोधन मार्फत संविधानको अनुसुची र सरकारी निसानछाप लगायत प्रचलनमा ल्याउन लाग्नु राष्ट्र धर्म निर्वाह हो । नयाँ नक्सालाई स्थापित गरी चलन चल्तिमा ल्याउन संविधान संसोधन प्रश्ताव संसदमा दर्ता गर्ने मन्त्रिपरिषदको निर्णय मुताविक संविधान संसोधनको प्रश्ताव संसदमा दर्ता हुनु सुखद पक्ष हो । यस गुढ कार्यमा नेपालका सबै राजनीतिक दल र सर्वपक्षीय समर्थन रहन गई अभुतपूर्व राष्ट्रिय एकता निर्माण हुन गएको छ । अव भारतले नेपाली जनताको भावना बुझ्न सके असल छिमेकीको उधाहरण पश्किने छ । यसको लागि दुवै पक्ष जिम्मेदार र जवाफदेहीता पूर्वक कुटनीतिक पहलु एवं वार्तालापमा समुपस्थित होउन । यो नेपालको इतिहाँसमा पुरानोको क्रमभङ्ग र नयाँको निरन्तरताको रुपमा युग युग सम्म अमर रहने छ ।

इण्डियन शासक वर्गले चिबे चराले झैं बेतुकका कोकोहोलो मच्याएर नेपाल राष्ट्र संगको प्राचिनी संवन्ध विगार्न उद्धत हुनु उसैको लागि घाटाको विषय हो । इण्डियनहरुले ब्रिटिस संरचनाको बलमा नेपाललाइ हेप्ने मनोविकारबाट छिट्टै मुक्त होउन ।ठेल ठाल र पेल पालको पटेल नीति नेपाललाई किमार्थ स्विकार्य छैन । कहिल्लै हार्न नजानेको नेपालको इतिहाँस एक पटक इण्डियनहरुले पढुन । नेपाली विर इतिहाँसको बलमा टिकेको इण्डियाले पहरोलाई टाउकाले ठोसेर भत्काउने दुस्साहस किन्तु नगरुन ।
नेपाल–भारतबीचको असल सम्बन्धबाट मात्र भारतवर्ष र हिमवत् खण्डको उचित मूल्य स्थापित हुनेछ । नेपाल पशुपतिनाथ, मुक्तिनाथ, स्वयम्भूनाथ र सीतामाताको, व्यास, बुद्ध, वाल्मीकि, पाणिनी, याज्ञवल्क्य आदि विद्वान्–विदुषीहरूको जन्मभूमिको कौमर्यस्थलका रूपमा स्थापित भूमि हो । यस्तो ऐतिहासिक महत्वको नेपाली भूमि भारत सरकारले मिच्नुबाट पूर्वीय सभ्यता, संस्कृति, एक्काइसौँ शताब्दीको मानवको ज्ञान र चेतनाको युगलाई पछाडि धकेल्न खोजेको देखिन्छ । भारतले आफ्नो कमजोरीमा आत्मालोचना गरी अतिक्रमित भूमि छोडेर महानता प्रदर्शित गर्न सक्नुपर्दछ । यसो हुन सकेमा नेपाल–भारत सम्बन्धमा नयाँ आयाम प्रारम्भ हुनेछ । नेपाल–भारतबीचको सम्बन्धमा सुधार आई बन्धुत्वको भावना जागी जागरण र जागृतिको नयाँ बिहानी सँगै उदाउनेछ ।सरकार र राजनीतिक दलहरुले विशेष ध्यान दिन जरुरी छ कि साम्राज्यवादले आफ्नो रणनीतिक उदेश्य प्राप्तिका लागि उपयोग र नासका रणनीति विश्वब्यापी रुपमा चलाउदै आएको छ । त्यस्तो कुटिल प्रयोगमा जानी बुझी धृष्टता गर्नेहरुले अन्तस्त राज्य सत्ताबाटै हात धुन परेको यत्र तत्र सर्वत्र छ ।जनपंति आवद्ध राजनीतिमा पनि यस्ता प्रयोग थुप्रै भेटिन्छन । आफ्नो औकात आत्मा साक्षी राखी हेर्ने हो भने संवन्धितहरुलाई ज्ञात हुन्छ कि त्यो उनको आर्जन नभएर निश्चित प्रयोजनको सुविधा थियो । जालमा परिसकेको माछो पानीमा जति उफ्रे पनि अन्ततः मछुवाकै अनरुपको नियति भोग्न विवस हुन्छ । विशिष्ट परिश्थितिले कहिले काँही त्यस्ता प्रयोजनका पासा उल्टिन्छन् र अक्षम्य गलत कार्यमा फसेकाहरु पनि विशिष्टतामा पुरश्कृत हुन पुग्दछन । नेपालको परिदृष्यमा यस्ता विशिष्ट इतिहाँसमा अवसरहरु केहीले प्राप्त गरेका छन् ।तर विवेक सम्मत यथार्थको वोध तथा ग्रहण गर्न नसक्दा पुन मुसिको भवस् को नियति पुन नदोहोरिएला भन्न सकिन्न ।राज्य र समाजले विकास क्रममा कठिनाइ भोग्न सक्छ तर पनि परिणाम कँहि कतै पराजयको छैन । छिमेकी भारत संगको सीमा विवाद होस या आन्तरिक विविध समस्या समाधानको सवालम नै किन नहोस नेपाल समग्र समाधानमा सक्षम हुन्छ नै । यो हेक्का वर्तमान नेपालका सत्ताधारीहरुले राख्न सके अझै पनि अवसर उनकै वरीपरी छ । राष्ट्रियताको पक्षमा उभिएका वाम रप्रगतिशील ,प्रजातान्त्रिक संघ संस्था ब्यक्ति वुद्धिजीवी,नयाँ पुराना सबै शक्ति तथा नेता कार्यकर्ताहरुले पनि स्पष्टतस् राष्ट्रिय सोच कार्यक्रम, दृष्टिकोणलाई अवलम्बन गरेर अगाडी बढ्न सक्नु पर्छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष क. केपी र क.प्रचण्डले यस तितो सत्यलाई आत्मासाथ गर्दै कोर्ष करेक्सनको नेतृत्वदायी भुमिका साँच्चै निर्वाह गर्न खोजेका हुन भने सर्व पक्षीय सहमति सहकार्य सहित राष्ट्रिय एजेण्डाको जगमा शक्ति सन्तुलनको राष्ट्रिय एकताको माहाँ यज्ञ संखघोष गरुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी