नहरमा डुबेका युवकको लास ५ घण्टा पछि फेला

नहरमा डुबेका युवकको लास ५ घण्टा पछि फेला

  • शनिबार, जेष्ठ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

कञ्चनपुर जेठ, १० । भीमदत्त नगरपालिका वडा न।६ ऎठपुर स्थित रहेको महाकाली सिचाइको मुल नहरमा डुबेर बेपत्ता भएका युवकको लास ५ घण्टा पछी फेला परेको छ। सनिवार बिहान १० बजेको समयमा नहरमा नुहाउने करममा युवक नहरमा बेपत्ता भएका थिए।

उनको खोजिकार्यमा बिवद व्यवस्थापनको नेपाल प्रहरी ,सशस्त्र प्रहरी र स्थानीय क्लब कञ्चन समाजका अध्यक्ष धर्मराज जोशीको नेतृत्वको टोलि लगायत स्थानीय युवाहरुले भीमदत्त नगरपालिका वडा नम्बर ३ भाषि ब्रमदेव हाइवईको पुल नजिकको मुल नहरमा युवकको लास फेला पारेको वडा नम्बर ६ का वडा अध्यक्ष हरक सिंह धामिले जानकारी दिएका छन् ।

उनका अनुसार घट्ना स्थलबाट १.५ किलोमीटरको दुरिमा बगिरहेको अवस्थामा फेला पारेको र उनी भीमदत्त नगरपालिका वडा न।६ प्रगती टोलका अंक बहादुर धामिका छोरा वर्ष २७ का अशोक धामी हुन । साथै उनी बिबाहित हुन् र उनको १ वर्षको छोरा समेत रहेको बताए । नहरको डिलमा उनले फुकालेको कपडा र चप्पल त्यही रहेको र युवक नहरमा बेपत्ता भएको खबर थाहा पाए पछि उनको निरन्तर खोजिकार्यको लागि सम्बन्धित निकाय र स्थानीय खटिएका थियो।
जिल्ला प्रहरी कार्यालयको टोलिले मुजुल्का उठाए पछि महाकाली अस्पतालमा पोस्टमार्टमको लागि लास लगिएको र अस्पतालको कार्य छिटो भए आझै दाहसंस्कार गरिने र नभए उक्त कार्य भोलि आइतबार हुने भीमदत्त नगरपालिका वडा न।६ का वडा अध्यक्ष हरक सिंह धामिले जानकारी दिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ