सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

  • शुक्रबार, जेष्ठ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

खाँदबारी, ९ जेठ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ की सुत्केरी ३२ वर्षीया गङ्गा कार्कीको हेलिकप्टरबाट उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उहाँलाई खाँदबारी अस्पतालका अध्यक्ष सुमन शाक्यको पहलमा उद्धार गरिएको हो ।

उहाँ यही जेठ ४ गते जिल्ला अस्पतालमा सुत्केरी हुनलाई भर्ना हुनुभएको थियो । कार्कीको पेटमा रहेको बच्चा अप्ठ्यारो गरेर बसेको भिडियो एक्सरेबाट थाहा पाएपछि यहाँ नसक्ने भन्दै जिल्ला अस्पतालबाट नोबेल अस्पताल विराटनगर सिफारिस गरिएको अस्पतालका निमित्त प्रमुख सुपरिटेण्डेन्ड डा सुन्दरश्याम झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, नोबेल अस्पतालमा अप्रेसन गरेर मरेको बच्चा निकालिएको थियो । त्यसपछि दुई हप्ता अस्पतालमा नै आराम गरेर बस्नुपर्ने चिकित्सकले सुझाव दिए पनि उहाँलाई बिहीबार बेलुकी सङ्खुवासभास्थित घर ल्याइएको थियो ।

घर आइपुग्ने बित्तिकै राति बिरामी परेपछि आज बिहानै जिल्ला अस्पताल खाँदबारी ल्याएको र बिरामी बेहोस अवस्थामा पुगेकाले अपराह्न हेलिकप्टरबाट काठमाडौँ लगिएको हो । कार्कीलाई आज ४ः०० बजे चिकित्सकको सल्लाहमा काठमाडाँैको थापाथलीस्थित प्रसूति गृह पठाइएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ