कैलालीमा सङ्क्रमितको सम्पर्कमा आएकाको खोजी

कैलालीमा सङ्क्रमितको सम्पर्कमा आएकाको खोजी

  • शुक्रबार, जेष्ठ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

भजनी, ९ जेठ । कैलाली जिल्लामा तीन कोराना संक्रमित देखिएसँगै उनीहरूसँग सम्पर्कमा आएका व्यक्तिको खोजी शुरु गरिएको छ । जिल्लाको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय युवकमा कोरो संक्रमण पुष्टि भएसँगै उनीहरूसँग सम्पर्कमा आएकाहरूको खोजी शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले बताउनुभयो ।

‘हामीले इलाका प्रहरी कार्यालय टीकापुरसँग समन्वय गरी सम्पर्कमा आएकाहरूको खोजी शुरु गरेका छौंँ ’, चौधरीले भन्नुभयो । गाउँपालिका वडा नम्बर ४ र ७ का उनीहरू भारतको महाराष्ट्र, नेपालगञ्ज र इटहरीबाट आएको बताइएको छ । भारतबाट आएका संक्रमित यही जेठ १ गते कैलालीको सत्ती भन्सार नाका हुँदै जानकी गाउँपालिका पुगेका थिए ।

त्यस्तै इटहरीबाट आएका युवक गत वैशाख ३० गते र नेपालगञ्जबाट आएका युवक जेठ ३ गते गाउँपालिका पुगेको जानकी गाउँपालिकाका स्वास्थ्य संयोजक चौधरीले जानकारी दिनुभयो ।

संक्रमितलाई क्वारेन्टाइनमा राखिएको थियो । संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी शुरु गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख मनोहरप्रुसाद भट्टले जानकारी दिनुभयो । टीकापुर नगरपालिकासँग प्रत्यक्ष सीमा जोडिएको हुँदा टीकापुर नरगपालिकामा पूर्ण सतर्कता अपनाइएको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले छिमेकी पालिकामा संक्रमण देखिँदा नगरपालिकामा उच्च जोखिम रहेको बताउँदै आवागमनलाई पूर्णरुपमा निषेध गर्ने विषयमा छलफल गरिने जानकारी दिनुभयो ।

सङ्क्रमित टीकापुर अस्पताल लगिने

लम्की –सुदूरपश्चिममा पाँच जना कोरोना भाइरस संक्रमित निको भएको दुई सातापछि आज भेटिएका कोरोना संक्रमित बाँके, इटहरी र भारतबाट आएर जानकी गाउँपालिकाको स्थानीय सरस्वती माविको क्वारेन्टाइनमा बसेको र पिसिआर परीक्षण गर्दा पोजिटिभ देखिएको गाउँपालिकाका अध्यक्ष प्रदीप चौधरीले जानकारी दिनुभयो ।

गाउँपालिकाले १६ जनाको पिसिआर परीक्षण गर्न धनगढी पठाएको थियो संक्रमितलाई उपचारका लागि टीकापुर अस्पतालको आइसोलेसन कक्षमा ल्याउन लागिएको टीकापुर अस्पतालका अध्यक्ष दीपक रावलले जानकारी दिनुभयो । जानकीमा कोरोना संक्रमण देखिएपछि कैलालीमा त्रास बढेको छ । यसअघि सुदूरपश्चिममा पाँच जनालाई कोरोना संक्रमण देखिएको थियो । उनीहरू पांँचै जना उपचारपछि घर फर्किएका थिए । संक्रमित निको भएको दुई सातापछि थप संक्रमित फेला परेपछि यहाँ त्रास बढेको हो ।

गाउँपालिकाको क्वारेन्टाइनमा ४५ जना बसिरहेका छन् । तीमध्ये तीन जनामा कोरोना देखिएपछि क्वारेन्टाइनमा खटेका स्वास्थ्यकर्मी र स्वयंसेवकलाई समेत क्वारेन्टाइनमा राखिएको छ । ‘‘क्वारेन्टाइनमा खटेका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्वयंसेवकलाई क्वारेन्टाइनमा राख्ने तयारी भएको छ’’, गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चौधरीले भन्नुभयो, ‘‘म पनि क्वारेन्टाइनमा बस्न थालेको छु ।’’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ