मेचीनगर, ९ जेठ । शुक्रबार काँकरभिट्टामा करिब ३१५ जना नेपालीहरुको आरडिटी टेष्ट गर्ने क्रममा १५ जनामा एण्टिबडी पोजिटिभ पाइएको छ । भारतबाट आइपुगेका उनीहरूकाे आरडिटी परीक्षण गर्दा १५ जनाकाे एण्टिबडी पोजिटिभ देखिएको हाे ।
भारतबाट आएका नेपालीहरूलाई काँकरभिट्टा माविस्थित होल्डिङ सेन्टर, धाइजनस्थित स्वास्थ्य चौकी र इटाभट्टास्थित आदर्श मावि क्वारेन्टाइनमा राखिएको थियो ।
काँकरभिट्टा माविका १४८, धाइजनका २२ र इटाभट्टाको क्वारेन्टाइनका १४५ जनाको कोरोना भाइरसका लागि आरडिटी टेष्ट गर्दा यस्तो भेटिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईँले बताए ।
उनका अनुसार एण्टिबडी पोजिटिभ फेला परेकाहरुको शनिबार पीसीआर टेष्ट गरी विराटनगरस्थित कोरोना परीक्षण गर्ने प्रयोगशालामा पठाइनेछ । बिहीबार राति उनीहरू नेपालकाे पूर्वी सीमा नाका भारतकाे पानीटेंकी हुँदै काँकरभिट्टा भित्रिएका थिए