कन्चनपुर, जेठ ९ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को त्रास संसार भरी मच्चिएका बेला बेलडाँडी गाउँपालिकाले आफ्ना नागरिकलाई सुरक्षित गर्नको लागि गाउँपालिका भरीबाट भारत र तेस्रो मुलुकमा बस्दै आएकाहरुको लिस्ट तयार पारेर उद्धारमा लाग्न आतुर भएको जनाएको छ ।
बेलडाँडी गाउँपालिकाका प्रवक्ता तथा वडा नं.१ का अध्यक्ष अम्मर बहादुर खत्रीका अनुसार बेलडाँडी क्षेत्रका अलपत्रमा भारत र तस्रो मुलुकमा रहेकाहरुलाई उद्धार गरिनुपर्ने भन्दै केन्द्रिय सरकारलाई जिल्ला प्रशासन मार्फत अवगत गराएको बताउनु भयो । उहाँले हाल भारतमा अलपत्र परेकाहरुको बारेमा स्थानीय सरकारले चिन्ता गर्दै उद्धार गर्ने तयारीमा रहेको बताउनु भयो ।
तत्काल अलपत्रमा परेका सिमा नाका सम्म पुगेकाहरुलाई गाउँपालिकाले आफ्नो श्रोत साधन पठाएर गाउँपालिका भित्र ल्याउने कार्य जारी रहेको बताएको छ । गाउँपालिकाले त्यता बाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने भन्दै सबै वडामा क्वारेन्टाइन संचालनमा ल्याएको छ ।
गाउँपालिकाले हाल भारत र तेस्रो मुलुकमा रहेका बेलडाँडीबासीहरुको लिस्ट तयार पार्दै तिनिहरुको समस्यालाई बुझ्न सम्पर्कमा बस्न आग्रह गरेको छ । सरकारले उद्धारलाई प्रभावकारी बनाउन कुटनितिक सम्वन्ध गर्नुपर्ने बताए । भारतमा मात्र बस्नेहरुको कुल संख्या ४७ सय ४७ जना रहेका छन् भने ३ सय ६६ जना नागरिक तस्रो मुलुकमा रहेकोको जनाउनु भयो ।
जसमध्ये वडा नं.१ मा जम्मा १२४९ जना भारतमा ११४६, अन्यदेशमा १०३ जना, वडा नं.२ मा जम्मा १७६७, भारत १६४६, अन्य देशमा ९८जना, वडा नं।३ मा जम्मा ७६९ भारत ६८७, अन्य देशमा ८२ जना, वडा नं.४ मा जम्मा २२३, भारत १८८, अन्य देशमा ४२ जना, वडा नं. ५ मा जम्मा ११०५, भारत १०८०, अन्य देशमा २४ जना रहेको प्रवक्ता खत्रीले बेलडाँडी पोष्टलाई जानकारी गराउनु भयो ।
यति बेला सबैले आ आफ्नो ठाउँबाट लकडाउनको पालना गर्दै उद्धारमा सहयोग पुर्याउनु पर्नेमा जोड दिए । हामीहरु नेपाल सिमा सम्म पुगेकाहरुलाई तुरुन्त उद्धार गरी ल्याउने कार्य गर्न लागेको बताए । अहिले भारतमा रहेकाहरुलाई समस्या नभए सरकारले अर्को निर्णय नगरुन्जेल सम्म यथा स्थानमा बस्न आग्रह गर्नु भयो ।