सिमानाका सशस्त्र प्रहरी लाई सहयोग

सिमानाका सशस्त्र प्रहरी लाई सहयोग

  • शुक्रबार, जेष्ठ ९, २०७७
  • चन्द्रकान्त वाग्ले

  • 9.6K
    SHARES

९ जेष्ठ बुद्धशान्ति । झापा गाउँपालिकाको टागनडुब्बामा सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीलाई बुद्धशान्तिबाट खाद्यन्न, पिउने पानी, माक्स सहित पिपिइ प्रदान गरिएको छ ।

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरुलाई कुनै प्रकारको समस्या नपरोस् भन्ने उद्धेश्यले उक्त सामग्रीहरु प्रदान गरिएको बुद्धशान्तिका युवा समाजसेवी मदन प्रसाईँले बताए । उनका अनुसार बुद्धशान्तिका युवाहरुको पहलमा सीमा रक्षाका लागि खटिएका जवानलाई खाद्यन्न तथा स्वास्थ्य सामग्रीहरुको अभाव नहोस् भन्ने उद्देश्यले उक्त सामग्रीहरु प्रदान गरिएको हो ।

भारतसंगको खुल्ला सीमानाका कारण त्यसतर्फबाट आउनेमानिसहरु साथै सीमामा अलपत्रपरेकाहरुलाई पनि केही राहत मिलोस् भन्ने उद्देश्य आफूँहरुको रहको प्रसाईले जानकारी दिए । आज गरिएको सहयोगमा ३०० पिस सर्जिकल माक्स सहयोग गरेका प्रसाई यसअघि पनि विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका थिए । उनले आगामी दिनमा पनि समस्यामा परेका देशबासी लगायत सम्पूर्णमा सहयोगका लागि आफूँहरु प्रतिबद्ध रहेको बताएका छन् ।

सशस्त्र प्रहरीलाई हस्तान्तरण गरिएका सामग्रीहरुमा बुद्धशान्ति गाउँपालिकाको तर्फबाट ५० कार्टुन पानी, समाजसेवी लय भण्डारीबाट दश हजार बराबरको खाद्यन्न सामग्री, समाजसेवी अतुल प्रसाईबाट एन ९५ माक्स सहितको १ थान पिपिइ सेट, बुधबारे जेसिज बर्ष २०२० बाट ५ कार्टुन चाउचाउ, समाजसेवी सागरबाबु उप्रेतीबाट ५ कार्टुन बिस्कुट, समाजसेवी मनेष दाहालबाट २ बोरा चिउरा, समाजसेवी संजिल प्रसाईबाट २ बोरो मुरइ, समाजसेवी प्रल्हाद खड्काबाट एक बोरा चिउरा र राष्ट्रिय युवा समाजबाट अध्यक्ष सन्तोष ढकालले १० कार्टुन पानी सहयोग गरेको कुरा बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ