बेलडाँडी गाउपालिकाले तयार पार्यो भारत सहित विदेशमा रहेका आफ्ना नागरिकको सूची , उद्धार गर्ने तयारी

बेलडाँडी गाउपालिकाले तयार पार्यो भारत सहित विदेशमा रहेका आफ्ना नागरिकको सूची , उद्धार गर्ने तयारी

  • शुक्रबार, जेष्ठ ९, २०७७
  • डम्मर राज भट्ट

  • 6.6K
    SHARES

कन्चनपुर जेठ ९ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को त्रास संसार भरी मच्चिएका बेला बेलडाँडी गाउँपालिकाले आफ्ना नागरिकलाई सुरक्षित गर्नको लागि गाउँपालिका भरीबाट भारत र तस्रो मुलुकमा बस्दै आएकाहरुको लिस्ट तयार पारेर उद्धारमा लाग्न आतुर भएको जनाएको छ । बेलडाँडी गाउँपालिकाका प्रवक्ता तथा वडा नं १ का अध्यक्ष अम्मर बहादुर खत्रीका अनुसार बेलडाँडी क्षेत्रका अलपत्रमा भारत र तस्रो मुलुकमा रहेकाहरुलाई उद्धार गरिनुपर्ने भन्दै केन्द्रिय सरकारलाई जिल्ला प्रशासन मार्फत अवगत गराएको बताउनु भयो । उहाँका अनुसार हाल भारतमा अलपत्र परेकाहरुको बारेमा स्थानीय सरकारले चिन्ता गर्दै उद्धार गर्ने तयारी रहेको बताउनु भयो ।

तत्काल अलपत्रमा परेका सिमा नाका सम्म पुगेकाहरुलाई गाउँपालिकाले आफ्नो श्रोत साधन पठाएर गाउँपालिका भित्र ल्याउने कार्य जारी रहेको बताएको छ । गाउँपालिकाले त्यता बाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने भन्दै सबै वडामा क्वारेन्टाइन संचालनमा ल्याएको छ । गाउँपालिकाले हाल भारत र तेस्रो मुलुकमा रहेका बेलडाँडीबासीहरुको लिस्ट तयार पार्दै तिनिहरुको समस्यालाई बुझ्न सम्पर्कमा बस्न आग्रह गरेको छ ।

सरकारले उद्धारलाई प्रभावकारी बनाउन कुटनितिक सम्वन्ध गर्नुपर्ने बताए । भारतमा मात्र बस्नेहरुको कुल संख्या ४७ सय ४७ जना रहेका छन् भने ३ सय ६६ जना नागरिक तस्रो मुलुकमा रहेकोको जनाउनु भयो ।

जसमध्ये वडा नं १ मा जम्मा १२४९ जना भारतमा ११४६, अन्यदेशमा १०३ जना, वडा नं २ मा जम्मा १७६७, भारत १६४६, अन्य देशमा ९८जना, वडा नं ३ मा जम्मा ७६९ भारत ६८७, अन्य देशमा ८२ जना, वडा नं ४ मा जम्मा २२३, भारत १८८, अन्य देशमा ४२ जना, वडा नं ५ मा जम्मा ११०५, भारत १०८०, अन्य देशमा २४ जना रहेको प्रवक्ता खत्रीले  जानकारी गराउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ