कन्चनपुर जेठ ९ । नेपाल विद्यार्थी संघ कञ्चनपुरका युवा नेता ईन्द्र सिह साउदले छोराको जन्मदिनको अवसरमा अनाथालयमा खाद्यान्न वितरण गरेका छन् । नेवि संघ नेता साउदको छोरा मोहित साउदको दोस्रो जन्मदिनका अवसरमा अनाथालयमा खाद्यान्न सहयोग गर्नुभएको हो ।
मोहित दुई बर्ष पुरा गरेर तेस्रो बर्षमा प्रवेस गरेको अवसरमा बालक भएकाले असाहय बालकहरुलाई सहयोग गरेको बताए ।
उनका अनुसार अनाथालयलाई १० किलो आलु , १० किलो प्याज, ५ किलो टमाटर, ५ किलो सोयाबिन, मिठाई एव केरा वितरण गरिएको छ । ‘छोराको जन्मदिनका अवसरमा अनाथालयको आवश्यकता अनुसार केही तरकारी खाद्यान्न र फलफुल सहयोग गरेको छु, ‘उनले भने, ‘जन्मदिनका समयमा लकडाउन भएकाले संकटग्रस्त क्षेत्रमा सहयोग गरेको छु ।’
जन्मदिनका अवसरमा हुने फजुल खर्च कटाएर अनाथबालबालिकाहरूलाई सम्झिएपछि नेवि संघ नेता साउदप्रति अनाथालयले आभार प्रकट गरेका छन् ।