‘हाम्रो माटो’ गीत सार्वजनिक

‘हाम्रो माटो’ गीत सार्वजनिक

  • शुक्रबार, जेष्ठ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

‘मुठी उचाली उठौँ नेपाली, माटो बचाउन जुटाँै नेपाली’ गायक अमृत खातीको शब्द तथा खाती र राजा राजेन्द्रको सङ्गीतमा सामूहिक देशभक्तिपूर्ण गीत ‘हाम्रो माटो’ सार्वजनिक भएको छ ।कोरोना भाइरसको महामारीसँग जुधिरहेका अवस्थामा नेपालको भूमिबाट भारतले चीनको मानसरोवर जाने बाटाको औपचारिक उद्घाटन गरेपछि नेपाली भूमिको संरक्षणमा सबै जुट्नका लागि उक्त गती सार्वजनिक गरिएको हो ।

गायक खातीले आज भन्नुभयो, “नेपालको भूमि हुँदै भारतले मानसरोवर जाने सडक बनाएको सुनेपछि मनै सिरिङ्ग भयो, आफ्नै छाती थिचिएझैँ महसुस भयो, त्यसपछि गीतमार्फत आवाज उठायौँ ।” नेपाली भूमिको संरक्षणका लागि सार्वजनिक भएको गीतमा हास्य कलाकार राजा राजेन्द्र पोखरेल, विक्रमजङ्ग शाह, सिर्जु अधिकारी, अनु अधिकारीको आवाज भरिएको छ ।

गीतमा सङ्गीत संयोजन कमल सौरागको रहेको छ भने स्टुडियो मुर्चुङ्गा डिजिटल रहेको छ । यसैगरी रेकर्डिङ र मिक्सिङ सञ्जय शृपालको रहेको छ । देशभक्ति गीतको निर्देशन र सम्पादन हुम गैरेले गर्नुभएको छ ।

सरकारले अहिले नेपालको आधिकारिक नयाँ नक्सा जारी गरिसकेको छ । गायक खातीका अनुसार गीतमा उठान गरिएका शब्दहरुले सबै नेपालीका लागि हौसला र उत्प्रेरणा प्रदान गर्न सक्ने विश्वास लिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी