सीमा अतिक्रमणबारे भारतीय बुद्धीजीवी बर्माले गरे भारतकै बिरोध

सीमा अतिक्रमणबारे भारतीय बुद्धीजीवी बर्माले गरे भारतकै बिरोध

राजा महेन्द्रले दिएको सहुलियतलाई छलछाम गरेर भारतले कालापानी आफ्नो बनाएको नेपालीले बुझेका छन्

  • शुक्रबार, जेष्ठ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 27.4K
    SHARES

एबिपी न्युज देखी एनडीटीवी सम्म अर्थात फर्जी भनिएकादेखी  जेनुइन र असली भनिएका च्यानलसम्मले एकै राग अलापेका छन – नेपालले चीनको उक्साहटमा नयाँ नक्सा जारी गर्दै भारतीय भुभाग आफ्नो नक्सा भित्र सामेल गरेको हो ।

१८ मईमा नेपालले अधिकारिक रुपमा आफ्नो नयाँ नक्सा जारी गर्‍यो जसमा कालापानी, लिम्पियाधुरा तथा लिपुलेकलाई नेपाली भुभाग भनिएको छ। तिनै क्षेत्रलाई भारतले पनि आफ्नो नक्सामा भारतीय भुभाग भनी रहेको छ ।

मामाला अलिकती पेचिलो हुनाका बावजुद नेपाली जनमानसबाट भारतीय बिस्तारबादी छ्बीलाई हटाउनु भारतका निम्ती असम्भव छ ।

सन १९६२ मा भारत-चीन युद्दपस्चात राजा महेन्द्रले भारतीय सेनालाई कालापानीमा आस्थायी रुपमा बसेर चीनको बिरुद्ध मोर्चाबन्दी गर्नका निम्ती दिएको सहुलियतलाई अनेकौ छल-प्रपन्चद्वारा भारतले अभिलेखालयबाट निकालिएका नक्साद्वारा भारतको भुभाग भनी प्रमाणित गर्न चाह्यो र अन्तत आफ्नो भुभाग बनाइ छाड्यो। यो तथ्यलाई नेपाली जनताले बुझेका छन।

नेपालले कम से कम सन १९९० देखी लगातार कालापानी क्षेत्रमाथि भारतले गरेको षड्यन्त्रबारे आवाज उठाउदै आएको छ, यद्दपी नेपालका नेतागण ज्यादा समय सत्ताको बाडचुडमा नै व्यस्त थिए।

जो ब्यक्ती अहिले नक्साका सन्दर्भमा चीनको षड्यन्त्र देखीरहेका छन, सायद उनिहरुले यो बिर्सदै छन कि सन २०१५ मा प्रधानमत्री नरेन्द्र मोदीको चीन यात्राको अन्त्यमा जारी गरिएको ” संयुक्त बक्तब्यमा ” लिपुलेकलाई द्विपक्षीय व्यापार मार्ग’ भनिएकोमा नेपालले चीनको आलोचना गरेको थियो। र नेपालले भारत अनी चीन दुबैलाई प्रष्ट शब्दमा भनेको थियो कि – “नेपालको अनुपस्थितीमा नेपालको कुनै पनि क्षेत्रको बारेमा छलफल र बिचार गर्ने अधिकार कुनै पनि मुलुकलाई छैन”।

यो स्पस्ट छ कि अहिले जारी गरिएको नक्सामा कलापानी, लिम्पियाधुरा तथा लिपुलेकलाई नेपालले आफ्नो भुभागमा देखाएर भारत र चीन दुबैलाई आफ्नो (नेपालको) सम्प्रभुताका बारेमा प्रस्ट संदेश दिएको छ ।

(भारतीय अनलाइन जनपथबाट साभार तथा अनुवाद गरिएको )

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ