नेपाल एउटा सार्बभौमसत्ता सम्पन्न मुलुक हो ।हाम्रा पुर्खाहरुले ब्रिटिश अंग्रेज़ सङ लडेर आफ्नो मुलुक बचाएको इतिहास सुनौलो अक्षरमा ताजै छ । ब्रिटिशको गुलाम भारत बन्यो तर नेपालले आफ्नो स्वाभिमान गुम्न दिएन ।आफ्नो बहादुरी बिस्वको सामु नै प्रस्तुत गर्यो।।आज पनि त्यही भारतमा एउटा नेपाली ज्यालादारी काम गर्न गए पनि बहादुर भनेर बोलाउछन ,भने बेलायत र अन्य मुलुकमा गोर्खालीको नामले चिनिन्छ । यो दज्र्यानी चिन्ह कसैले दिएको होइन केबल नेपालिहरुको आँट ,साहास र बहादुरीको गौरबशाली निशानी हो र विस्वले दिएको एउटा पदक पनि हो ।
जब जब नेपाल मा राजनीतिक अस्थिरेता आउन थाल्छ ,प्राकृतिक बिपत्ति आउन थाल्छ ठिक त्यति नै बेला भारत ले हेपाह प्रवृत्ति अपनाइहाल्छ । यो इतिहास का धेरै पानाहरुमा कोरिएका छ्न । नेपाल भारत असल छिमेकी हो भन्ने तर भित्र भित्र नेपाल लाई हेप्ने हडपने सोच ले नै असल छिमेकीको कुर्सीमा भारत बिराजमान हुन सकेन । बिगत धेरैले लामो समय देखि भारत र नेपाल बीचमा सिमा विवाद ले पटकपटक समस्या उत्पन्न भएको छ ।यसलाई कुटनैतिक पहलमा जान सकिएन ।चाहे त्यो सुस्ताको बिषय मा होस चाहे त्यो टनककपुरको बाँध को बिषय होस ,चाहे कालापानी ,लिपुलेक ,लिपियाधुराको बिषय होस । हामिले कहिले पनि दह्रो रूपमा र आमने सामने बसेर छलफल हुन सकेन केबल तल्लो लेबल मा केही छलफल भयो त्यस्को कहि कतै सुनुवाइ भएन केबल अल्झाउने काम मात्रै भयो । यो नै नेपाल को ठुलो कमजोरी हो । नेपाल मा जुनसुकै प्रधानमन्त्रीचयन भएपनी पहिलो भ्रमण भारत नै जानू पर्ने किन ?
हामी सबै बिषयमा भारत परस्त हुनु पर्छ भन्ने छ ? आज हाम्रो देश आत्मनिर्भर भएको भए भारतले यसरी हेपि रहन सक्थ्यो होला र ? कदापी पनि सक्ने थिएन ।आणविक हतियार को प्रदर्सन ठूलो बिषय होइन ।देश आत्म निर्भरता तिर लमकनु पर्यो ।हिजो देश झन्डै आत्मनिर्भरता तिर लम्की सकेको थियो ।देश मा आएको राजनीतिक अस्थिरताले त्यसलाइ पर धकेल्यो ।धान चामल भारतमा निर्यात हुन्थ्यो तर आज फेरि सबै आयत मै भर पर्नु पर्ने भैसकेको छ । सरकारले यो बिषयमा धेरै सोच बिचार गरेन ,यो यथार्थ हो ।हामिले बेला बेला मा नाकाबन्दी पनि भोगेका छौँ । चाहे त्यो घोषित होस चाहे त्यो अघोषित होस ।हामिलाइ थाहा छ ,आज जति पनि भारतले कब्जा गरेका नेपाली भुमि हरु छ्न ती सबै नेपालकै हो भन्ने प्रमाण हरु प्रसस्तै छ्न । दार्जिलिङ पनि नेपालकै भुभाग थियो त्यो पनि भारत कै पोल्टामा गयो । यस्ता धेरै बिषयहरु नेपालमा बेला बेलामा गुमाउँदै गयो ।हाम्रो कुटनैतिक पहल राम्रो भएन । नियुक्ति भएका प्रधानमन्त्री को उठान दरो भएन ,म नेपाली हु मेरो देश नेपाल हो ,मलाइ मेरो देश प्राण भन्दा प्यारो छ भन्ने हिम्मत सबैमा देखिएन ।
प्रधानमन्त्री भएर देश हाकेका विद्वान भन्ने डाक्टर बाबुराम भट्टराई को बिषय उठान के राष्ट्रियता भित्रै पर्छ ? यस्ता नेताहरूले भारतको आईसी र बिदेशी को डलर खाएर नेपाल र नेपाली प्रतिको माया बिर्सेका छ्न । यसकारण पनि हामी पछि परिरह्यौ । यो तितो यथार्थ हो । हो हामिले हाम्रो जमिन को ,सिमानाको बाध बाध्न र छेकबार लाउन सकेनौ। होला तर यो हुदैमा छिमेकिले हडप्नै पर्छ र ? नेपालले नियुक्ति गरि जनताको कर बाट तलब भत्ता खाने गरि पठाइएका राजदुत भनाउदाहरु को पहल बेला बेला मा के के देखियो त ? के के पहल गरे त ? छ केही प्रमाण ? छैन । तलब भत्ता मात्र खाएर देशको ढुकुटी रित्याएर देसको जमिन मिचिदा ,देश माथी धावा बोल्दा ,सम्म पनि चु नगर्ने कुटनैतिक नियोग ,राजदूत महामहिम हरु ,राजनेता हरुसगँ नेपाली जनताले के आश गर्न सक्छन् होला र ? भारत का रक्षा मन्त्रीले नेपाली भुभाग मा बाटो बनाएर त्यो बाटो को उद्द्घाट्न गर्ने अनि सन्य चिफले धम्कीको भाशा बोल्ने ? के प्रवृत्ति हो यो ?
दार्जिलिङ पनि नेपालकै भुभाग थियो त्यो पनि भारत कै पोल्टामा गयो । यस्ता धेरै बिषयहरु नेपालमा बेला बेलामा गुमाउँदै गयो ।हाम्रो कुटनैतिक पहल राम्रो भएन । नियुक्ति भएका प्रधानमन्त्री को उठान दरो भएन ,म नेपाली हु मेरो देश नेपाल हो ,मलाइ मेरो देश प्राण भन्दा प्यारो छ भन्ने हिम्मत सबैमा देखिएन ।
कालापानीको लिपुलेक का बिषय मा भारत र चीन को सम्झौता त्यही बाटो भएर दुबै देशले ब्यापार गर्ने हस्ताक्षर भएको खबरले नेपाल लाई स्तब्ध बनाएको थियो र त्यसको तुरुन्तै नेपालले बिरोध जनाएको थियो । त्यसपछि चीन यो बिषय मा यक कदम पछी हटेको थियो । यसरी यकातिर बाटो बनाउने र त्यो बाटो खनेको नेपाली जमिन समेत समेटी नक्शा प्रकाशित गर्ने भारत को कार्य अत्यन्तै खेदपुर्ण छ । यसलाइ हामी नेपालीले भत्सर्ना गर्नै पर्छ । त्यो भारतले प्रकाशित गरेको नक्साप्रती बर्तमान सरकारले खुलेरै बिरोध गरि भारत लाई पत्राचार समेत गरेको थियोे । यो बिषय मा छलफल गरौं ला भन्ने वचन समेत आयो तर फेरि त्यही स्थानमा बाटो को उद्द्घाट्न हुनु अन्त्यन्तै हेपाह प्रवृत्ति र अतिक्रमण होइन र ? नेपाल सरकारले आफ्नो उपस्थिति जनाउन आफ्नो भुमिको रक्षा गर्न र उक्त भारतले गरेको बाटो को उद्द्घाट्न को बिरोध गर्दै सबै राजनीति दलहरुसगँ परामर्श गरि नेपाल को नक्सा मन्त्री परिसद बाट पास गरि प्रकाशित समेत गर्यो आज सम्म नेपाल का कुनै सरकारले यस्तो साहासिक काम गर्न सक्यो ? यहि हो रास्ट्र प्रतिको माया ? यो बिषय भारत लाई मन परेन रे ? परोस पनि कसरी ? अर्को को जमिन बाट चाइना जोड्ने त्यो पनि कैलास पर्बत स्थान सम्म जाने र ब्यपारिक नाका बनाउने रे ? चाइना सङ ब्यपार गरोस नेपाल लाई केही आपत्ति छैन । आपती त नेपाली भुमी त्यो पनि भारतकै हो भन्ने कत्रो दम्भ ,आट ,साहास हो ? के ठुलो छु भन्दैमा सानोलाइ हेप्नै पर्छ ? के यहि हो असल छिमेकी को नाता ,व्यबहार ? आज भारतका सबै मिडिया हरुले नेपाली चेली मनिशा कोइराला विरुद्ध खनिएका छ्न ।
सलाम छ हाम्री चेली मनीषा कोईरालालाई । म श्रम बेच्न सक्छु तर नेपाली धर्ती बेच्न र अतिक्रमण भएको टुलुटुलु हेर्न सक्दिन यस्तो महान वाणी का लागि आज सारा नेपाली ले हार्दिक धन्यवाद दिनै पर्छ । यो महान वाणी लाई एकपटक नेपाली राजनीति नेताहरूले मनन गर्न जरुरी छ । हामिलाइै हाम्रो भुमि प्यारो नभएको भए भारत बिदेशी को गुलाम बन्दा नेपाल पनि गुलाम बन्न सक्त्यो होला रुयो बिशय भारत ले एक पटक राम्ररी सोचोस । मोदि ले गरेको भाशण रोटी र बेटि का सम्बन्ध नेपाल सङ छ भन्ने अनि भित्र भित्र चै दारा देखाउने प्रवृत्ति लाई नेपाल सरकारले सिधै प्रधानमन्त्री स्थरिय सम्बाद गर्न जरुरी भैसकेको छ ।
हालकै प्रधानमन्त्री को पालामा नाकाबन्दी भयो ,अहिले भुमी अतिक्रमण भयो । यसलाई निर्भीक ता का साथ भारत सङ खुलस्त त्यो पनि प्रधानमन्त्री स्थरमै सम्बाद को आबस्यकता जरुरी छ । कुनै नेताहरू लाई लागि सकेको छ अब भारत लाई चिढ्यायो भने फेरि नाकाबन्दी हुन सक्छ ? अनि सरकार फेरिन सक्छ ? सबैलाई ख्याल होस केपि ओलि नै त्यस्तो सहासिक नेता हो जस्ले सदन बाटै भारतको दरो रुपमा बिरोध गर्नु भयो कोहि छ त्यस्तो नेता ? कोहि छ त्यस्तो प्रधानमन्त्री ? एक पटक इतिहास को पाना पल्टाएर हेरौँ। ।
सलाम छ हाम्री चेली मनीषा कोईरालालाई । म श्रम बेच्न सक्छु तर नेपाली धर्ती बेच्न र अतिक्रमण भएको टुलुटुलु हेर्न सक्दिन यस्तो महान वाणी का लागि आज सारा नेपाली ले हार्दिक धन्यवाद दिनै पर्छ । यो महान वाणी लाई एकपटक नेपाली राजनीति नेताहरूले मनन गर्न जरुरी छ ।
जे होस हामिलाइ हाम्रो भुमी प्राण भन्दा प्यारो छ । आफ्नो भुमी बचाइ राख्न राजनीति दलहरुले भारत को खुलेरै सोही स्थान मा पुगि बिरोध समेत गरेका छ्न यस्तो सहास बड्दै जाओस ,नेपाल प्रतिको माया अझ जागोस ।रास्ट्र र नेपाली भुमिको रक्षा का लागि हामी सबै आआफ्नो स्थान बाट जुटै जानु नै आजको आबस्यकता हो ।
लिपुलेक नेपालकै हो भन्ने यी ८ दरबिला प्रमाण हरु हुन
१ .१८१६ मार्च ४ सुगौली सन्धी
२.१८१६ डिसेम्बर को सुगौली सन्धी कै पुरक सन्धी
३.१८५७ मा भारत ले नै जारी गरि दिएको नेपाली नक्सा
४.१८६० नोभेम्बर १ मा बाके बर्दिया ,कैलाली र कंचनपुर नेपाललाइ फिर्ता गर्ने भएको सम्झौता
५. १९७५ जनवरी ७ मा दाङको डुडुवा क्षेत्र सिमाङ्कन गर्दाको नक्साङ्कन
६. १९९५ सालमा लिपियाधुरा क्षेत्र को नागरिकले बाली बुझाएको प्रमाण
७ . २०१५ सालको आम निर्वाचन को मतदाता नामवली
८. २०१८ सालको रास्ट्रेय जनगणना
यसका अलावा अरु धेरै प्रमाण हरु पनि छन् । नेपाली सिक्का मा नेपालको अहिले जारी गरेको नक्सा अनि कक्षा ८ का पुस्तक मा अहिले जारी गरेकै नक्स्स यस्ता थुप्रै प्रमाण हरु छ, उक्त भुमि नेपाल कै हो भन्बे आधारहरु । आज भारतका सब मिडिया हरु एकतर्फी रूपमा खुलेआम आफ्नो देशको भुभाग हो नेपालको होइन भनिरहदा नेपाली सन्चारकर्मिहरु र ठुला मिडिया हाउसहरु को मुखमा किन बुझो लागेको होला ? नेपाली राजनीति को नुन र बेसार हाल्न बिर्सेको बिषय उठान गर्न सिपालु सन्चारकर्मी हरु देश को सिमानामा आएर धावा बोलिरहदा किन चुप लाग्नु हुन्छ , खोइ राष्ट्रियता ? अनि खोइ नेपाली धर्ती प्रतिको ममता ? आज भारतका सिमाना बिदहरु, परराष्टबिदहरु गल्दै भन्दै छ्न् नेपाललाई चाइनाले उकास्यो ।बरु त्यो जमिन साझा बनाउ । दुबैले प्रयोग गरौं । यस्ता अन्तबार्ताहरु भिडियो कन्फ्रेस् हरु भारती मिडिया हरुमा आइरहेका छ्न । यो भनेको त्यो भुमी नेपाल कै हो भन्ने अर्को प्रमाण पनि हो । त्यसैले खबरदार नेपाली नेताहरू लाई र नेपाल सरकारलाई भारत सङ सिमानाका बिषय मा नेपाली शिर नझुकोस ,सदैव उच्चो होस हामी यहि कामना गर्दछौं ।
केही प्रमाण र अभिलेखरु पनि हेरौँ ।





