बुध्दशान्ति ४ का वासिन्दा दुषित पानी पिउन बाध्य !

बुध्दशान्ति ४ का वासिन्दा दुषित पानी पिउन बाध्य !

  • बिहिबार, जेष्ठ ८, २०७७
  • चन्द्रकान्त वाग्ले/रोशन भट्टराई

  • 22.5K
    SHARES

जेठ ८, झापा ।  बुद्धशान्ति -४ की धीतादेवी भट्टराईले विगत लामो समय देखि लेदो पानी पिउनु परेको बताइन् । झापा स्थित वर्ने स्किम खानेपानी तथा सरसफाई उपभोक्ताको धारा जोडिएको उनको घरमा पछिल्लो केही दिन यता त धारामा गाईबस्तुलाई समेत खुवाउन नमिल्ने गरीको लेदो पानी आइरहेको भट्टराईले वताइन् ।
धाराको पानी धमीलो भएपछि केहि परको गाउँबाट खानेपानी ल्याएर खाइरहेको उनको भनाई छ ।

‘कोरोना भाइरसका कारण लकडाउन भइरहेको अवस्थामा आफ्नोमा मात्र नभएर छिमेकीहरुकोमा समेत फोहोर पानी आएपछि अर्काको घरमा पानी लिन जाँदा भिँड हुने भएकाले अप्ठ्यारो परिस्थिती सृजना भइ त्यही फोहोर पानी खान बाध्य रहेका छौ भट्टराइले भनिन् ।
देश फेरियो, नेता फेरिए, घरघरमा सिंहदरबारको नारा लगाउदै हरेक स्थानीय तहमा नयाँ नयाँ जनप्रतिनिधिहरु पनि आए । तर बुद्धशान्ति ४ का वडाबासीका समस्या जस्ताका त्यस्तै रहेको छन् । उनिहरुको खोलाको दुषित पानी पिउने दिन आज सम्म फेरिएन उनि भन्छिन् ।
। गाउँमा बाटोघाटो, यातायत लगायतको सुविधा पुगेपनि शुद्ध खानेपानीको सुविधा नहुँदा त्यस क्षेत्रका स्थानीयहरु अझै पनि सोझै खोलाकै दुषित पानी पिउन बाध्य छन् ।

                    निमार्णधिन अवस्थामा रहेको प्रशोधन केन्द्र
अमर बस्तीकै योगमाया उप्रेतीले यस ठाउँमा विवाह गरेर आए देखि आज सम्म शुद्ध खानेपानीको अभाव भएको बताइन् । लेदो पानीका कारण विभिन्न समस्या भएको बताउँदै अहिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले भन्दा दुषित पानी पिउँदा लाग्ले हैँजा, झाडापखला, ज्वरो जस्ता रोगहरुले उनीहरुलाई बढि जोखिम भएको गुनासो गरिन् । लकडाउनका कारण यस्ता रोग लागे अस्पतालले पनि सजिलै भर्ना नगर्ने गुनासो गर्दै पानीको समस्या समाधानका लागि सम्बन्धित पक्षले ध्यान दिनुपर्नेमा जोड दिइन् ।

निमार्णकार्य सम्पन्न भएपछि यहाँबाट टिट्मेन्ट भएर उपभोक्ताको घरमा जान्छ पानी
भट्टराई र उप्रेती त त्यहाँका प्रतिनिधी पात्र मात्र हुन् । वर्ने स्किम खानेपानी उपभोक्ता तथा सरसफाई आयोजनाका सम्पूर्ण उपभोक्ताहरु सोझै खोलाबाट आएको पानी पिउन बाध्य छन् । हिउँदमा त पानी तङलै देखिन्छ तर बर्खाको समयमा माथि पहाड तिर पानी परे अघिल्लै दिन २/४ दिनलाई पुग्ने पानी जोहो गर्नुपर्छ स्थानीय ओमप्रसाद कार्कीले बताए ।

त्यहाँका स्थानीयले शुद्धपानी पिउन सम्बन्धित निकायमा पहल नगरेका पनि होइनन् । वर्ने स्किम खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरी वि।संं। २०७२ साल जेठमा संघीय खानेपानी गुणस्तर महाशाखा संग पानी प्रशोधन केन्द्रका लागि ५ वर्षे योजना संझौता भइ संचालनको अन्तिम अवस्थामा पुगेको समितिका अध्यक्ष फौदराज शेर्माले बताए । उनका अनुसार यस आर्थिक वर्षको अन्त्य वाट उपभोक्ताहरुले सुध्दिकरण गरेको खानेपानी पिउने गरी योजनाको अन्तिम काम भइरहेको वताएका छन् ।

उपभोक्ताले हाल खाँदै गरेको पानीको मुहान यस्तो फोहोर छ ।

लकडाउनका कारण प्रशोधन केन्द्रका लागि चाहिने निर्माण सामाग्रीको अभाव भएता पनि अन्य सबै काम छोडि असार मसान्त सम्ममा उपभोक्तालाई शुद्ध पानी पिउन सक्ने वातावरण मिलाउन आफूहरु लागि परेको अध्यक्ष शेर्माले बताए ।
बुद्धशान्ति ४ र मेचीनगर ९ का एक हजार ६ सय ५० घरधुरी, केही विद्यालय, मठमन्दिर लगायत १५ वटा सामाजिक संघसंस्थाहरु लाई वर्ने स्किम खानेपानी आयोजनावाट शुद्ध खानेपानी वितरणको तयारी छ ।
केही वर्ष अघि प्रदेश सरकार संगको समन्वयमा करिब ३० लाख बराबरको लागतमा संचालित डिप बोरिङ योजनाले सो क्षेत्रका आधा उपभोक्ताई शुद्ध पानीको व्यवस्थापन भएपनि आधा उपभोक्ता सिधै खोलावाट आएको धमिलो पानी पिउन वाध्य छन् ।

अहिले बन्दै गरेको पानी प्रशोधन केन्द्रमा खोलाबाट आएको पानीलाई विभिन्न ५ चरणमा प्रशोधन गरी आर्थिक वर्षको मसान्त सम्ममा सम्पन्न गरि उपभोक्ताले शुद्ध पानी पिउन पाउने कुरामा आफूूँहरु प्रतिबद्ध रहेको अध्यक्ष शेर्माले बताए ।


अहिले प्रशोधन केन्द्र सहित अन्य पूर्वाधारका काम निर्माणको अन्तिम चरणमा पुगेकोले घेराबारा, चौकीदार कक्ष लगायतका कार्य बाँकी नै भएता पनि यसै आर्थिक वर्षको अन्त्यवाट उपभोक्तालाई शुद्ध पानी चाँही वितरण गर्दै गर्ने समितिकी कोषाध्यक्ष कमला थाम्सुहाङले बताइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी