स्कूलमा टिफिन मलाई,चखाउदै बोल्ने केटि,
तिर्खाउदा पानी मेरो फकाउदै खोल्ने केटि।।
हिजोआज कहाँ पुगिन् त्यो बेलाको डल्ली केटि,
बिहे गरि आमा भैछिन् कुबेलामा चल्नी केटि।।
छुट्टी हुँदा स्कूल गेटमा बेलाबेला हेर्ने केटि,
आवाज राम्रो मुस्कुराउदै छिनमा कुरा फेर्ने केटि।।
मन्दिर जादा ईश्वर संग आफू मलाई माग्ने केटि,
स्कूल पढ्दा डराउदै फिल्म हेर्न भाग्ने केटि।।
नजिक आउँदा आत्तिएर लामो सास फेर्न केटि,
नाम पछाडि मेरो थर लेखिदिदा केर्ने केटि।।
स्कूलमा टिफिन मलाई,चखाउदै बोल्ने केटि,
तिर्खाउदा पानी मेरो फकाउदै खोल्ने केटि।।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline