राजनीति गर्नेहरुलाई के थाहा ज्याला मजदुरी गरेर छाक टार्नु को पीडा

राजनीति गर्नेहरुलाई के थाहा ज्याला मजदुरी गरेर छाक टार्नु को पीडा

  • बिहिबार, जेष्ठ ८, २०७७
  • पुजा फुँयाल

  • 19.7K
    SHARES

म एक दुर्गम जिल्ला सोलुखुम्बुबाट जिबन यात्रा सुुरु गरेर आज यो समयसम्म तितामिठा अनुभव सगाल्दै अनेकौ सपना बोक्दै अगाडि लम्कने कोशिसमा छु। पारिवारिक प्रभावका कारण सकारात्मक सोचको साथ सानै उमेरमा राजनीतिक आस्था बोकेर हिडेकि छु र आफ्ना तर्फबाट जानेको बुझेको कुराहरू लेख्दै छु।
आज देशलाई विभिन्न कुराबाट पीडा भईरहेको छ। एकतिर कोरोनाको चपेटामा छौ भने अर्कोतिर हाम्रो मातृभूमि अरुकसैले कब्जा गर्दैछ तर यस्तो अवस्थामा पनि हाम्रो देश हामिले आशा राखेका हामी सबैका अभिभावक अग्रजहरु राजनिती खिचातानी र पदिय मोह संगै भ्रष्टाचार मै व्यस्त भएको देखिन्छ। मानिस जबसम्म स्वविबेकशिल हुदैन वा व्यक्ति व्यक्ति सचेत र शिक्षित त्यो पनि नैतिक शिक्षा र व्यहारिक शिक्षाबाट हुदैन तबसम्म हामिले कल्पना गरेको देश बन्ने छैन।
लकडाउन लहडी खेल होइन। यो अति जटिल संक्रमणको व्यस्थापन भएको हुदा अनावश्यक दुरुपयोगका कारण पोज र रवाफ देखाउने माध्यम नबनाउन एकदमै ध्यान दिन जरुरी छ र अर्कोकुरा कोरोना रोकथामको उपाय लकडाउन मात्र होइन लाखौको सङ्ख्यामा देश बाहिरबाट नेपाल भित्रिएका नागरिकाहरुको स्वास्थ्य जाच खै ? क्वारेन्टाइनमा बसेकोहरुको स्वास्थ्य जाच तथा सुरक्षा खै ? यो अन्य विकसित रास्ट्रहरुबाट पनि सिक्नु पर्ने कुरा हो।हामी किन त्रसित छौ र सजक रहेको देखिँदा देखिदै पनि समस्या बढ्दै छ भने त्यो चेतना र शिक्षाको कमि हो। विकसित रास्ट्रहरुलाई अध्यानको विषय बनाएर हेर्दा त्याहाको सुचनाको प्रवाह र सचेत जनता हुनु को कारण मानिसहरु आफ्नै स्वविबेकले संम्यम रहेर आफ्नो दैनिकी चलाएको पाए। त्यैसैगरी हामीपनि स्वविवेकवान कहिले बन्ने पहिला नेतृत्वपक्ति बाट नै हामिलाई यस्ताकुराको प्रेरणा गरियोस।

पद, पावर,पैसा समेत खर्च गरेर संबेदनसील अवस्थामा पासको दुरुपयोग स्वास्थ्य सामग्री अभाव एम्बुलेन्सको प्रयोग तस्करी हुनु। मानवीय समस्यालाई नै अवसर बनाएर फाईदा लिनु हामी सबैको लागि निराशाको विषय हो। सरकारको फजुल खर्च र तडकभडक खर्च नियन्त्रण गर्ने बेला यहि नै हो। कुइएको एकबोरा चामलमा राजनीति गर्नेहरुलाई के थाहा दिनदिनै ज्याला मजदुरी गरेर छाकटार्नु को पीडा ? त्यैसैले राहतलाई वास्तविक पीडित समक्ष पुर्याउन स्थानीय तहलाई नै बढी जिम्मेवार बनाउनु पर्ने देखिन्छ।
समस्या संग लड्नु नै जित हो तर हरेक कुराको असर हामीले पुर्व अनुमान र मुल्यांकन गर्न जरुरी छ। सिमामा रहेका नेपाली र विदेशमा रहेका नेपालीहरुलाई सुरक्षित र आवश्यक सहयोग गर्ने जिम्मा राज्यको हो१ यसको समाधान कसरी हुँदै छ होला ? लकडाउनका कारण अस्त व्यस्त बनेको विभिन्न व्यापार व्यवसाय जनजीवन सगै विभिन्न क्षेत्रहरु कृषि पर्यटन जस्ता देशका प्राथमिकताका क्षेत्र उकास्न र सहज बनाउन के कस्ता योजना आउदै होलान ? अनि जनजीवन कसरी सहज होला यस्ता कुराहरु सहित राज्यले सबैलाई अनुभुती गराउने गरि राज्यको क्षेमताको आधारमा जनताले निस्वार्थ बनेर साथ दिने खालका योजनाहरु सहित भोलिको हाम्रो सपना र राष्ट्र निर्माणको लागि कोरोनाले पाठ सिकएको सम्झदै त्यसको सहजीकरण हुन साथ हामी परोपकारी र विवेकवान राष्ट्र निर्माण मा लाग्नको लागि म र मेरो मन अति नै आतुर छु।

-नेविसंघकी नेतृ हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी