२० बर्ष अगाडी हिन्दी फील्मका नायक रितिक रोशनले नेपाललाई घृणा गर्छु भनेर दिएको एक अन्तर्वाताको कारण त्यतिबेला नेपालमा ठूलो आन्दोलन भयो । जनताको आवजलाई तत्कालिन सरकारले सम्बोधन गर्दै कुटनीतिक पहल मार्फत उक्त विषयमा चासो पनि राख्यो । फलस्वरुप भारतीय फील्महरु नेपाली हलहरुमा सन्चालन गर्न केहि समय निषेध पनि गरियो । रितिकले पछि गल्ती स्वीकार्दै माफी समेत मागे तर अहिले सम्म त्यतिबेला रितीकको विरुद्धमा आन्दोलन गरेका नेपालीहरु उनले अभिनय गरेको फील्म हेर्न रुचाउदैंनन । किनकी उनीहरु हिजो रितिक र भारतीय हेपाहा प्रवृतिको विरुद्ध सडक आन्दोलनमा उत्रीएका थिए । रितीकको पूत्ला दहन गरेका थिए ।
बिस पर्छ पछि खोलो पनि फर्किन्छ भने झै फेरि यतिबेला अर्का भारतीय कलाकारले नेपाली महिलाहरुको बद्नाम गर्ने ढंगले फील्मी डायलयमा अभिनय गरेका छन् । भारतीय एक वेभ सिरीजमा नेपाली चेलिको बद्नाम गर्नेगरी छायांकन गरिएको भिडीयो सम्बाद राखिएको छ । फेरि भारतीय कलाकारले नै नेपाली चेलिहरुको इज्जत माथि मात्रै नभएर सिंगो नेपाल र नेपालीको बदनाम गर्ने कोशिस गरेका छन् ।
सामाजिक संञ्जाल तथा एमेजोन प्राइम भिडियोमा निकैनै चर्चामा आएको ‘पाताल लोक’ नामको भारतिय ‘वेवसिरिज’ ५ मे, २०२० मा रिलिज भएको हो । जुन वेवसिरिज अभिनास अरुब र प्रसिद रोयले निर्देशन गरेका छन । यसका लेखक सुदिप शर्मा रहेका छन् भने उक्त वेवसिरिज प्रसिद्ध भारतिय नायीका अनुष्का शर्माको प्रोडक्सन हाउसबाट प्रोडक्सन गरिएको हो । जुन सिरिजमा अश्लिल शब्द ‘नेपाली र….डी’ भनेर एउटा महिला प्रहरीले अर्को महिला माथि कुटपिट गरेको दृष्य देखाइएको छ । नेपाली महिलाहरु विश्वमा अग्रपङ्तिमा रहेका छन् । नेपालमा महिलाहरुलाई परापुर्वकालदेखी कुमारी (जिउदो देवता), तथा देवीको रुपमा पुजिन्छ । जुन सुकै राष्ट्रका महिलाहरुलाई पनि सम्मान तथा इत्जतका साथ जिवन यापन गर्ने अधिकार रहेको हुन्छ । तर उक्त सीरिजमा नेपाली चेलिको नाममा गरिएको अश्लिल शब्दको प्रयोगले सिंगो नेपाली महिलाहरुप्रति प्रश्न चिन्ह खडा गरेको छ ।

हो, मान्न सकिन्छ । नेपाली चेलिहरु रोजगारीको सीलसीलामा अहिले पनि देश विदेशमा रहेका छन् । कामको सिलसिलामा महिलाहरुलाई दलालहरुले जबरजस्ती यौनदासी बनाएका घटना पनि छन् । भारत लगायत विश्वका विभिन्न देशमा महिलाहरुलाई जबरजस्ती यौनधन्दामा सामेल पनि गराइएको छ । उक्त काममा नेपाली सोझा साझा चेलिहरुलाई विभिन्न प्रभोलनमा पारी दलाल मार्फत जीवन बर्बादी पनि बनाइदिएका छन् । अधिकांश महिलाहरु यौन व्यवसाय रहरले भन्दा पनि बन्धक बनाएर उक्त पेशामा लगाइएका छन् । यसरी एक दुईजनाले गरेको गल्तीलाई लिएर सिंगो नेपाली महिलाहरुमाथि धारणा बनाईनु सर्वथा गलत हो ।
उक्त सरीजमा भारतीय प्रहरीले नेपाली महिला जो बेश्यालयमा काम गर्दछिन् । तिनलाई लछारपछार गर्दै अश्लिल शब्द प्रयोग गरेका छन् । उक्त शब्दले नेपाली चेलिहरुमाथि मात्रै नभएर सिंगो महिला जगतमाथी नै प्रहार भएको छ ।
उक्त अपशब्द निकैनै निन्दनिय छ । जसले गर्दा नेपाली महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन सक्छ । यसरी महिलाको सम्मान माथि ठेस लाग्ने अपशब्दको प्रयोग गर्दा विश्व सामु नेपाली महिलाको नराम्रो सन्देश जान्छ । उक्त शब्दलाई हटाउनु लागाउनु पर्ने र सम्बन्धित व्यक्तिले माफि माग्नु पर्ने देखिन्छ । नेपाल सरकारले तत्काल विशेष कदम चाल्नु पर्दछ । नेपाल स्थित महिला अधिकार कर्मिहरुले कानमा तेल हालेर बस्ने बेला होइन यो । नेपालका केहि चर्चित कलाकारहरुे उक्त सिरीजमा नेपाली चेली माथि गरिएको व्यवहार र अपशब्द आपत्तिजनक भएको बताएका छन् ।
नेपाली फील्म नायिका रेखा थापाले आपत्ति प्रकट गर्दै भनेकी छन्, ‘ पातल लोक’ नामक सिरियलमा नेपाली महिलाको अस्मिता र हाम्रो सार्वभौम देशको स्वाभिमानी छोरीहरूलाई जुन नीच शब्द प्रयोग गरिएको छ, त्यो घोर आपत्ति जनक छ,’
उनले आक्रोस व्यक्त गर्दै भनेकी छन, ‘सम्बद्ध पक्षले तुरुन्तै माफी मागोस् र त्यस्ता गालीलाई रेकर्डबाट हटाइयोस् । कुन देशका छोरी बहादुर छन् भन्ने इतिहास साक्षी छ, हामीले कुनै सिरियल वा कठपुतली बनेर फिल्म खेल्नेसँग सिक्नुछैन । यता नेपालमा भारतीय सिनेमाको दलाली गर्ने, लाइन लागेर हेर्ने र घरघरमा हिन्दी सिरियल हेर्ने भिड पनि होसमा आओस् ।’
रेखाले झै क्रृचा शर्मा र केही अधिकारीले पनि उत्त सिरीजमा बोलिएको शब्द नेपाली महिलाहरु माथिको प्रहार भएको भन्दै तत्काल माफी माग्दै रेकर्डबाट हटाउन माग गरेका छन् ।
यता भारतीय गोर्खा युवा परिसंघका अध्यक्ष नंद देवान लगायत भारतका नेपाली भाषीले पनि विरोध गरेका छन् । निर्मात्री अनुश्का शर्मा महिला हुदाहुदैं पातल लोक मार्फत महिलामाथि जघन्य हिंसा गरेको आरोप उनले लगाएका छन् । उनले सृजनशीलताको नाममा नेपाली चेलिको बदनाम गरिएको बताएका छन् ।
भारतमा चर्चा बटुल्न थालेको उक्त वेभ सिरीजले छिमेकी देशको अपमान हुनेगरी गरेको कृयाकलापले नेपाली चेलिहरुलाई भारतप्रति नकारात्मक भावना सृजना गर्न बढवा दिने देखिएको छ। रोटिबेटिको सम्बन्ध भएको नेपाल भारत सम्बन्धमा नेपाल पक्षले मात्रै कति दिन सम्बन्ध टिकाएर राख्न सक्छ र ? अहिले पनि हजारौं नेपाली चेलिहरु भारतमा बिहेबारी गरेर गएका छन् । यसैगरी हजारौ भारतीय चेलिहरु नेपालमा बिहेबारी गरेर आएका छन् । लाखौं नेपाली चेलिका छोराहरुले भारत पाकिस्तान सीमामा सुरक्षा दिएकै कारण अनुश्का शर्माहरु भारतमा खुलेआम फील्म सिरिज बनाउने र चलाउने गरेका छन् । तर पनि भारतीय एक पक्षमा अहिले पनि नेपालप्रति हेपाहा धारणा छ । यो घटना त्यसैको दृष्टान्त हो ।

नेपाली महिलामाथी प्रहार गरिएको भएता पनि अहिलेको युगमा गरिएको उक्त कार्य सिंगो मानब समाजकै लागि कलंक हो । उक्त कार्यको विश्वव्यापी रुपमा विरोध जरुरी छ । सृजनसीलताको नाममा गरिने हरेक उदन्ड कार्य र महिलामाथिको अन्यायको विरुद्ध नेपाल सरकार, नेपालको सदन र नेपालका सडक तातिनु जरुरी छ । नेपाली महिला नेतृहरुले पनि यो विषयमा गम्भिर रुपमा आवज उठाउनु जरुरी छ । महिलाले मात्रै होइन नेपाली पुरुष महिला सबैले उक्त कार्यको घोर निन्दा गनु जरुरी छ। किनकी सृष्टिकर्ता महिला माथि लगाइएको आरोपको खन्डन र विरोध गरेर आम माफी माग्न लगाउन सकिएन भने सिरिजमा प्रयोग गरिएको अश्लिल गालिमा झै हामी सबै र…..को औलात साबित हुनेछौं ।
बलिउड अभिनेत्री शर्मा्विरुद्ध अल अरुणाचल प्रदेश गोर्खा युथ एसोसिएशनले मात्र नभएर दिल्ली बस्दै आएकी दार्जि्लिङ निवासी अञ्जनी शर्माले पनि मानव अधिकार आयोग र दिल्लीको साइबर क्रा(इममा सोमबार मुद्दा दायर गरेकी छन्।
‘पाताल लोकमा नेपालीभाषी महिलामाथि जुन प्रकारको शब्द प्रयोग गरिएको छ, त्यो अत्यन्त निन्दनीय छ। त्यो आपत्तिजनक र न(श्ल(वादी टिप्पणी हो’, शर्मा भन्छिन्, ‘त्यसैले मैले अनुष्का शर्मा्विरुद्ध मानव अधिकार आयोग र साइबर क्राइममा उनीविरुद्ध मुद्दा दायर गरेकी हुँ।
तर हामी नेपालीहरु भने मौन छौं ।