स्व.प्रज्वल शाहीकी बहिनीले लेखिन् मार्मिक पत्र- हजुर नहुँदा हामी बेसहारा भएका छाैं, सपनामा आउनु है दाई… 

स्व.प्रज्वल शाहीकी बहिनीले लेखिन् मार्मिक पत्र- हजुर नहुँदा हामी बेसहारा भएका छाैं, सपनामा आउनु है दाई… 

  • बिहिबार, जेष्ठ ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 37.6K
    SHARES

मेरो प्यारो दाई,

हजुरले हामीलाई छोडेर गएको पनि १ बर्ष भैसक्यो दाइ । हजुरको आत्माले शान्ति पाओस ।यो पापी दैबले हजुरलाई हामीबाट टाढा लगेपनी हजुरका यादहरु सदैव हाम्रा साथरहने छ्न्।हजुरले सानैदेखि गाउँबाट शहर ल्याएर जीवनमा ठुलो मान्छे बन्नु पर्छ भनेर सिकाईस्यो । सदैव राम्रो बाटो हिँड्न, राम्रो काम गर्न सिकाइस्यो ।

हजुर हुँदा र हजुर नहुँदा जीन्दगी निकै फरक छ दाई, जाे म शब्दमा बयान गर्न असमर्थ छु।हजुर हुँदा हामी खुशी थियाैं तर अहिले हाम्राे साथमा खुशी भन्ने शब्द त छ .. खुशी छैन । पहिला केहि कुराको कमि थिएन, हामीले माग गर्नुअगाडि नै हजुरले पुरा गरिदिनुभएकाे थियाे तर अहिले सबै कुराको अभाव छ दाई, अभावकाे अध्याराेमा हाम्राे जीवन रूमलिन थालेकाे छ।

हजुर हुँदा म छदै छु तिमीहरूलाई केही हुनदिन्न भरेर सम्झाई बुझाई गरिसिन्थ्यो तर अहिले हजुरले छोडेर गएपछि त हामीलाई सम्झाउने पनि कोही छैन । बस्, हजुरका तीनै शब्दहरू काेठा वरिपरी गुन्जिएकाे अनुभुती हुन्छ, हजुरका तीनै शब्द र अनुहार स्मृतिमा ताजै छन् , तर केगर्नु दाई हाम्राे अभाव पुरा गर्न, हाम्रा आशु पुछ्न, अतालिएकाे अवस्थामा ढाढस दिन अब हजुर आईसिन्न, आउने आसापनी त मरि सक्यो ।

हामी साना अबुझ थियाै,हजुरले ज्ञान दिनुभयाे, जीवन बुझ्न सक्ने बनाउनु भयाे । उदेश्य र सपनाबिहिन हाम्रा आँखाहरूमा  ठूला ठूला सपना देख्न सिकाउनु भयाे तर ती सपनाहरू विपनामा परिणत गर्न नपाउँदै भाैतिक रूपमा टाँडा जानुभयाे, जहाँबाट काेहि फर्किएर आँउदैन ।

यो पापी दैबले हजुर संगै हाम्रो दाइ भन्ने नाता सदाकालागी खोसेर लग्यो ।यो साईनो नत किन्न नै मिल्छ नत फेरि जोड्न नै सकिन्छ ।हाम्रो जीवनमा धेरै दाइ होइसिन्छ तर हजुर होइसिन्न दाई ,एउटा सानो घरमा ठूलो छोरा भएर सबैको खुसी बोकेर आखामा ठुलो सपना सजाए सबै जिम्मेवारी लिएर घर छोडेर हिडेको बेला सबै रोहेका थिए।

आफुले पढेर हामीलाई पनि पढाउनका लागि यो बिरानो शहरमा ल्याईस्यो तर गन्तव्यमा न पुग्दै यो पापी दैबले हामिबाट खोस्यो। यति छिट्टै छोड्ने मन रहेछ तेसैले आफुलाई भन्दा धेरै माया हामीलाई गरिसिन्थ्यो र दुई दिनका लागि जिन्दगीमा खुसी देखाइस्यो । तर यो खुशी सदाकालागी हाम्रो भाग्यमा रहेनछ दाई  ।
साना भाईलाई मुवा बुवाकाे काखमा रमाइरहेका बेला शिक्षाकाे महत्व बुझाउदै छुटाएर याे विरानाे शहरमा ल्याईस्यो, तर कहिलै अबिभावककाे कमि महसुस हुन दिनुभएन । तर अहिले आएर टुहुरा जस्तै यो अन्जान शहरमा छोड्स्यो, याे पिडा म कसरी व्यक्त गराैं, अनी कस्लाइ ? मुवा बुवाको ठुलो सहारा हजुर नै होइसिन्थ्यो तर जुनदीन हजुरले छोडेर गैस्यो नि हाे त्यो दिन बाट हाम्रो सबै सहार बेसहारामा परिणत भयो दाई … हाम्राे परिवार वेसहारा भएकाे छ ।

तर जति सुकै पिडा भएपनि एउटा अठाेछ दाई । हजुरकाे बलिदानलाई सार्थक बनाउने, हजुरकाे अधुराे सपना पुरा गर्ने । म बाचा गर्न चाहन्छु तपाईंको देश प्रतीको माया र हजारौं ती गरिब दुखीको सपनालाई साकार पार्न म निरन्तर तपाईंले देखाएको परिबर्तनको बाटाेमा लाग्ने छु । म मात्रै नभएर हजारौं परिबर्तनकामी देश भक्त रास्ट्रप्रेमी नेपाली दाजुभाइ दिदी बैनीहरु निरन्तर परिबर्तनको खोजी गर्दै अहिले पनि जेलनेलमा हुनुहुन्छ एकीकृत जनक्रान्ती हुँदै बैज्ञानिक समाजवाद को यो महान अभियानमा हजुरले सुरू गरेकाे याे यात्रामा मेरो पनि अतुलनीय भुमिका रहने छ ।
फेरी पनि भन्छु तपाई को सपना पूरा गर्न प्रतिवद्व छु दाई । हजुरकाे बलिदान खेल जान कदापि दिने छैन।

हजुर हामी माझ हुनुहुन्न, यी आँखाबाट हजुरलाई  बिदा गर्दाका ती कहालीलाग्दा पिडादायी दृश्यहरू अझै हराएका छैनन् तर पनि बहिनीकाे मन न हाे, जब माेबाइलकाे रिङ बज्छ कतै हजुरकै त हाेइन ! अझै लाग्छ कतै हजुरले नै त फाेन गर्नुभएकाे हाेइन । प्रत्येक रिङ सँगै धड्कन बढ्छ, अनी हजुरकै फाेन आयोकी भनेर हेर्ने गर्छु ।तर बर्ष भैसक्यो हजुरको फाेन आएन दाइ, आउदैन पनि तर याे मनलाइ कसरी सम्झाउ, अनी यी हातहरूलाइ माेवाइलमा आएको फोन रिसिभ गर्नु अघि नम्बर हेर्न आतुर आखालाई कसरि रोकौ ?

अझै सम्झन्छु, म बेलुका आउछु भनेर गैस्यो दाइ तर यहाँ १ बर्ष भैसक्यो आईसिन्न । त्यहि भेट अन्तिम भयाे अनी हजुरकाे बेलुका आउछु भन्ने शब्द । अब त कहिलै हजुर बाेलेकेा सुन्न पाउने छैन भनेर मैले त बुझेकाे छु दाई तर भाईहरुले खोइ दाई भनेर खोजद्छ्न म के जवाफ दिनु ?भाईहरुलाई हजुर कता होइसिन्छ भनाैं दाई ?
हजुर नहुँदाको यो जीन्दगी वैइलिएको (ओइलिएकाे)फुल जस्तै भएको छ।

हजुरमाथी दुश्मनको आँखा लायो दाई । आफ्नै अगाडी रगतको खोला बगेको देख्न पर्यो, त्याे बेल हामीमा के बित्याे म बताउन त सक्दिन तर हजुरको रगत खेरजान् दिने छैन दाई त्यसको बदला जसरी पनि लिनेछु । देशको लागि बलिदान दिस्यो दाई एति सानै उमेरमा आफ्नो जिबनको पर्वाह नगरी देश जनताको मुक्तिको लागि भएको बलिदानको उच्च कदर गर्दै तपाईंको अधुरो सपना लाई साकार पार्नेछु दाई ।

हजुरलाई गुमाउनुको पिडा हामीलाई मात्रै थाहा छ दाई, नत पार्टीलाई नत अन्य कुनै । किन कि हजुरको ठाँउमा त अर्को ब्यक्ति बस्छ्न तर हाम्रो जिन्दगीमा चाहेर पनि हजुर आईसिन्न दाई ।
एउटा कामना हरदिन गर्ने गरेकाे छु, जसरी हामिसङ्ग खुशीरहने दाई लाई दैब तैले खोसेर लगिस्
त्यसरी नै मेरो दाईलाई सदै सुखी राखिदिनु ।

हामीले हजुरलाई नदेखे पनि हजुरले हामीलाई देखिसिन्छ होला । माथीबाट भएपनी सधैं माया गरिराख्नु है दाई ।
विपनामा नभएपनि सपनामा आउनु है दाई…

सपनामा हजुसँग बसेर धेरै कुरा गर्ने मन छ, यहाँ के भइरहेकेा छ बताउने मन छ…

पूरा जिन्दगीमा संगै नभएपनि थोरै समयको लागी भएपनि धेरै माया गरिसियो यो खुशी दैबले देख्न सकेन दाई ।
अब यो जन्ममा म चाहेर पनि भेट्न् सक्दिन दाई अर्को जन्ममा हाम्रो भेट अबस्य हुने छ ……!

उनी हजुरकि प्यारी बैनी कलसा शाही ✍️✊✊

( काठमाडौंको अनामनगरस्थित घट्टेकुलोमा भएको कुकर बम विस्फोटमा परि २०७६ जेठ १२ गते प्रज्ज्वल शाहीको निधन भएको थियो । बझाङ घर भएका शाही नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा सीटीइभीटी इकाइका सभापति थिए । उनलाई नेकपाले सहिद घाेषणा गरेकाे थियाे। बझाङबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरेका प्रज्वलले २ जना भाइहरु दिवस, विवस र एक बहिनीलाई पनि काठमाडौंमै पढाउन ल्याएका थिए। यीनै प्रिय दाई प्रज्वलकाे सम्झना उनकी बहिनी कलसाले लेखेकाे याे पत्र हामीले प्रकाशन गरेका हाैं ।-सम्पादक )

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी