बोलेरो गाडी दुर्घटना, सुनकोशी नदीमा खसेर दुई बेपत्ता

बोलेरो गाडी दुर्घटना, सुनकोशी नदीमा खसेर दुई बेपत्ता

  • बुधबार, जेष्ठ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

बनेपा, ७ जेठ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ मा आज दिउँसो बोलेरो गाडी दुर्घटनामा पर्दा गाडीमा सवार दुई जना सुनकोशी नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

दोलालघाटबाट सापिङतर्फ दाना र सिमेन्ट लिएर जाँदै गरेको बा १६ च ८८३८ नम्बरको बोलेरो गाडी अचानक पछाडिको दुई वटा टायर सडकबाट तल खसी कोल्टो पर्दा उक्त बोलेरोमा सवारमध्ये दुई जना सुनकोशी नदीमा खसी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । बेपत्ता हुनेमा भुम्लु गाउँपालिका–१ बस्ने वर्ष २६ को अशोक गिरी र सोही गाउँपालिका–४ बस्ने अन्दाजी वर्ष २८ को भोला महत रहेका छन् ।

प्रहरीका अनुसार सोही गाडीमा सवार सोही ठाउँ बस्ने वर्ष ३९ की सानुमाया गिरीको बायाँ हात भाँचिएकाले उहाँलाई उपचारको लागि बनेपास्थित शिर मेमोरियल अस्पताल पठाइएको छ । चालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ