भारतमा अलपत्र परेका मजदुरलाई उद्दार गर्नुपर्छ: राप्रपा युवक संगठन अध्यक्ष थापा

भारतमा अलपत्र परेका मजदुरलाई उद्दार गर्नुपर्छ: राप्रपा युवक संगठन अध्यक्ष थापा

  • बुधबार, जेष्ठ ७, २०७७
  • डम्मर राज भट्ट

  • 8.3K
    SHARES

कन्चनपुर, ७ जेठ । कोरोनाका कारण भारतमा अलपत्र परेका सम्पूर्ण नेपाली नागरिकको उद्दार गर्नुपर्ने राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालको युवक संगठनले माग अघि सारेको छ । राप्रपा युवक संगठन कञ्चनपुरले कोरोनाको महामारीका बेला भारतमा अलपपत्र परेका नेपालीको यथाशिघ्र उद्दार गर्नुपर्ने माग अघि सारेको हो ।

राप्रपा युवक संगठन कञ्चनपुरका अध्यक्ष तुल बहादुर थापाले महामारीका बेला आफ्ना नागरिकको उद्दार गरि सुरक्षित क्वारेन्टाईनमा राख्नुपर्ने बताए । अध्यक्ष थापाले नाका नखुल्दा वा दुवै देशका सरकारले आ–आफ्ना देशका नागरिकको उद्दारका लागि कुनै पहल नगर्दा भारतबाट धमाधम नेपाली लुकिछिपी घर आउन बाध्य भएकाले त्यसबाट समेत झन संक्रमण फैलिने खतरा रहेको औल्याए ।

अध्यक्ष थापाले भारतमा कोरोनाको संक्रमण भएकाले भारतबाट लुकिछिपी भन्दा खुला रुपमा वैधानिक नाका भएर उद्दार गरेर क्वारेन्टाईन गर्दै सुरक्षित घरसम्म पु¥याउनुपर्ने तीनै सरकारसंग माग गरे । ‘आफ्नै मातृभूमि आउन पनि लुकिछिपी आउनुपर्ने बाध्यता छ, ‘उनले भने, ‘यसबाट सुरक्षित भन्दा बढि असुरक्षित हुन्छन् ।

विचल्लीमा परेका नागरिकको भारतमै उद्दार गर्न नसकेपनि नेपाल ल्याउनुपर्ने बताए । भारतमा भोकभोकै मर्नुपर्ने अवस्था आएकाले यथाशिघ्र उनीहरुलाई नेपाल ल्याउनुपर्ने उनको जोडदार माग छ । ‘हामी अब चुप लागेर बस्दैनौँ, ‘उनले भने, ‘भारतमा विचल्लीमा परेका नागरिकको उद्दार नभए आन्दोलन गछौँ ।’ नागरिकलाई स सम्मान उद्दार गरेर उनीहरुलाई सुरक्षित अवतरण गर्नुपर्ने उनको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ