जेष्ठ ७ काठमाण्डौं । काँग्रेस सांसद डा. डिला संग्रौलाले सरकारले दुई महिना देखि जारी लकडाउनकै बीचमा ६० बर्ष भन्दा मुनिका एकल महिला, अतिअशक्त र अपांगता भएका व्यक्तिहरुलाई दिदै आएको भत्ता रोकेकोमा विरोध जनाउदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेकी छन् ।
आज सामाजिक सञ्जाल मार्फत ध्यानाकर्षण गराउदै सांसद संग्रौलाले रोजगार गुमाएका मजदुर, न्युन आय भएका जनसमुदाय,एकल महिला तथा अपांगहरुलाई राहत दिनु पर्ने माग गर्दै आएकामा उल्टै दिईदै आएको भत्ता समेत रोक्ने निर्णय भएको भन्दै सरकारको यो कदमको निन्दा गरेकी छन् ।
सामाजिक सुरक्षा ऐन २०७५ को हवाला दिँदै गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आर्थिक वर्ष २०६५र६६ देखि दिइंदै आएको उक्त भत्ता रोक्न दिएको निर्देशन तत्काल फिर्ता गर्न र सामाजिक सुरक्षा नियमावलीमा नियतवस अतिअशक्त अपांगता भएका व्यक्तिलाई छुटाइएको विषयलाई तत्काल सच्याउन पनि म माग गर्दछु । संग्रौलाले भनेकी छन् ।
यस बिषयमा संघीय ससदको आउदो बैठकमा आफूले कुरा उठाउने पनि उनले जानकारी दिएकी छन् ।
