पर्सा ७ जेठ ।वीरगंज महानगरपालिका वडा नं १६ नगवा स्थित बाबा होटललाई आईसोलेशन तथा क्यारेन्टाईन बनाउने विषयमा चर्चा बढन थाले पछि स्थानियबासीहरुले बिरोध प्रदर्शन गरेका छन् ।
नगवा स्थित बौद्धिमाई नजिक गाउँको बिचमा रहेको बाबा होटलको भवनमा आईसोलेशन तथा क्यारेन्टाईन बनाउँनका लागि सरोकारवाला नियकाले अनुगमन गरेको जानकारी पाए पछि स्थानियबासीहरुले विरोध जनाउँदै सडकमा उत्रेका हुन । लकडाउनका बिच थुप्रै व्यक्तिहरु जम्मा भई बिरोध प्रदर्शन गर्न लागेको जानकारी भए पश्चात प्रहरीहरुले भिडलाई तितरबितर पारेको छ । हाल बाबा होटल अगाडी व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । स्थिती नियन्त्रण गर्न ईलाका प्रहरी कार्यालय नगवा, वडा प्रहरी कार्यालय विर्ता र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी परिचालन गरिएको छ ।
पर्सा जिल्लामा संक्रमितको संख्या बढ्न थालेपनि पर्साका प्रमुख जिल्ला अधिकारी सहभागि केन्द्रबाट आएको क्राईसिस म्यानेजमेन्ट कमिटीको अनुगमन टोलीले बुधबार वीरगंज महानगरपालिकाको सम्भावित ठाउँको अनुगमनको गर्ने क्रममा नगवाको बाबा होटलको समेत अनुगमन गरेर थियो । होटलको अनुगमन गरी टोली फर्के लगतै भेला भएका स्थानियहरुले यहाँ आईसोलेशन वा क्वारेन्टाईन बनाउँन नदिने भन्दै विरोधमा उत्रेका हुन । घनावस्ती विच स्थापना गरिने आईसोलेशन वा क्वारेन्टाईन बस्न आउँने संक्रमितबाट नै पुरै गाउँमा संक्रमण फैल्न सक्ने त्रासले स्थानिय प्रशासन सहितको अनुगमन टोलीको विरोध गरेका हुन ।
सो विषयमा वडा नं। १६ का वडा अध्यक्ष श्यामबाबु चौरसियाले स्थानिय प्रशासनले यहाँको सर्वदलिय तथा स्थानिय संग कुनै प्रकारको छलफल नै नगरी कोरोना संक्रमणको आंशका लागेका व्यक्तिलाई यहाँ राख्न लागेको भन्दै विरोधमा उत्रिएको बताए । विच गाउँमा क्वारेन्टाईन राख्न मिल्दैन् उनले भने, स्थानिय प्रशासनले गाउँ भन्दा बाहिर लगेर आईसोलेशन वा क्वारेन्टाईन नबोस् हामीलाई कुनै प्रकारको आपत्ती छैन तर विच गाउँमा कुनैपनि हालतमा कोरोना संक्रमितलाई राख्न दिंदैनौ ।
