झापा, सुनसरी र धनकुटामा फेरी साँझ थपिए ७ संक्रमित

झापा, सुनसरी र धनकुटामा फेरी साँझ थपिए ७ संक्रमित

  • बुधबार, जेष्ठ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

जेष्ठm ७ झापा । देशभर लगातार कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन । यसै क्रममा अहिले साँझ झापा, सुनसरी र धनकुटामा गरी ७ जना नयाँ संक्रािमत थपिएका छन् ।
प्रदेश प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा झापाका ५ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटाका एक पुरुष र सुनसरीकी एक जना महिला संक्रमित पुष्टी भएको स्रोतले जनाएको छ । धनकुटाका एक पुरुष र धरानका एक महिलालाई कोरोना पुष्टि भएको हो ।

प्रदेश १ का १४ जिल्ला मध्ये हालसम्म ७ वटा जिल्लाका कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । सवैभन्दा धेरै उदयपुरमा ३३ जना, झापामा १७, धनकुटामा ७, मोरङमा ४, सुनसरीमा ३, भोजपुरमा १ र खोटाङमा १ जनामा कोरोना देखिएको हो ।

पछिल्ला दिनमा झापामा र धनकुटामा कोरोना संक्रमितको संख्या बढेको हो । मंगलबारमात्रै झापामा ९ जना र धनकुटामा ५ जनामा कोरोना पुष्टि भएको थियो ।

यो सगँै प्रदेश १ मा संक्रमितको संख्या ६६ पुगेको छ भने २५ जना निको भएर घर फर्किएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ