गजल-‘कति छर्थे चीतामाथि लास उठी चर्ने भए’

गजल-‘कति छर्थे चीतामाथि लास उठी चर्ने भए’

  • बुधबार, जेष्ठ ७, २०७७
  • -प्रथा

  • 10.4K
    SHARES

कति गर्थे ज्युज्यु हजुर टारेर त्यो टर्ने भए
कति छर्थे चीतामाथि लास उठी चर्ने भए !

उप्रोमाथि थुप्रो पनि लोभीको त मनै वैरी
कति भर्थे भकारीमा रास बोकी मर्ने भए !

दुई गाँसै काफी छ जाबो एउटा पेटै त हो
कति धर्थे गोजेरोमा सास रोकी भर्ने भए !

सत्ताको यो भोकले नि मात लाग्दोरहिछ
कति डुब्थे पीपकुण्ड कुर्सीसँगै तर्ने भए !

कसले काट्छ फूलकै जरा जाहेर छ सबै
कति डर्थे मालीहरू हिसाब यतै गर्ने भए !

                    ***

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी