बिराटनगरबाट ८ जनाले जीतेर डिस्चार्ज भए

बिराटनगरबाट ८ जनाले जीतेर डिस्चार्ज भए

  • बुधबार, जेष्ठ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

जेष्ठ ७ बिराटनगर । कोरोना संक्रमण बढीरहेका बेला बिराटनगरबाट आज ८ जनाले कोरोना जीतेर डिस्चार्ज भएका छन् ।

उदयपुरको भुल्के क्षेत्रका ३ जना नागरिकसहित भुल्केस्थित मस्जिदमा संक्रमित देखिएका ५ जना भारतीय नागरिक कोरोना भाईरस मुक्त भएका हुन् ।
डिस्चार्ज हुनेहरुमा गत बैशाख ५ गते भर्ना गरिएका भारतीय नागरिक मो.सबिर, मो.सलौना, अहमद साइद, सलमान खान र मोरिस खान छन् । यसैगरी उदयपुर भुल्केका इद्रीश मियाँ–५२, गुड्डु आलम–१८ र मुस्ताकी–६६ वर्षीय  रहेको अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । उदयपुरका तीनजना नागरिकमा बैशाख ९ गते संक्रमण पुष्टि भएको थियो ।
उनीहरुको पछिल्लो परीक्षणमा लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि चिकित्सकको सुझाव अनुसार डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएकाहरुमध्ये पाँचजना भारतीयलाई विराटनगरमा र उदउपुरका तीनजना नेपाली नागरिकलाई सम्बन्धित स्थानीय तहमा पठाईने छ ।

उनीहरुलाई आज बिहान कोशी अस्पतालमा अस्पताल प्रशासन र सामाजिक विकास मन्त्रालयका कर्मचारीहरुले विदाई गरेका हुन् ।
यस अघि सो अस्पतालबाट १७ जना डिस्चार्ज भएका थिए । प्रदेश एक बाट मात्रै डिस्चार्ज हुनेको संख्या २५ पुगेको छ । यो सबै प्रदेशमा भन्दा बढी हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ