नवलपरासी पश्चिममा ठुलो मात्रामा लागू औषध सहित एक जना पक्राउ

नवलपरासी पश्चिममा ठुलो मात्रामा लागू औषध सहित एक जना पक्राउ

  • मङ्लबार, जेष्ठ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

रबिन्द्र यादव  । नवलपरासी पश्चिम ६ जेठ । नवलपरासी पश्चिममा लागू औषध सहित एक जना पक्राउ परेका छन। आज दिउँसो साढे ३ बजेको समयमा जिल्लाको प्रतापपुर गाउँपालिका ४ पचपेडा गाउँ नजिकको खजुरा खोलाबाट सशस्त्र प्रहरीको टोलीले ठूलो मात्रामा लागु औषध सहित एकजना युवकलाइ पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामग्राम नगरपालिका ९ बस्ने २७ बर्षिय जोगेन्द्र हरिजन रहेको सशस्त्र प्रहरी बल नेपाल गण नम्बर २६ हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले जानकारी दिनु भयो । सशस्त्र प्रहरी उपरीक्षक खनियाका अनुसार पक्राउ परेको युवकको साथबाट डाइजोपाम इन्जेक्सन २ एमेलको ४९४ पिस, फेनारगन इन्जेक्सन २५ एम्जी २ एमेलको ५०० पीस, नाइट्राभेट(१० १७०९ ट्यबलेट, स्पास्मो प्रोक्सिवोन प्लस ९६ क्याप्सुल, नोफिन इन्जेक्सन २ एमेल ४९३ पिस र ओनेरेक्स १०० एमेल ७ पिस रहेको जानकारी दिनु भएको छ।

लक्डाउनलाइ कडा रुपमा पाल्ना गराउन र सिमामा निगरानी बढाउन शसस्त्र प्रहरी बल बिओपी भुजहवाको टोलीले गस्ती गर्ने क्रममा खजुरा नदिको छेउ( छेउ हुँदै हतार हतारमा लुकिछिपी नेपाल भित्री रहेको उक्त युवकलाइ चेकजाँच गर्दा उनको साथबाट त्यत्रो मात्रामा लागू औषध बरामद भएको हो। उक्त घटनाको बिषय्मा थप अनुसन्धान भैरहेको छ।

लकडाउनको मौका छोपी स्थानीय ब्यपारीहरु सिमा छेत्रमा लागू औषध, रक्सीको तस्करी गर्ने गरेको पाइएको र सिमामा खटिएका सुरक्षाकर्मीहरुले उनीहरुलाई नियन्त्रणमा लिइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ