६ जेठ, काठमाडौं । आज उपत्यकाका १९१ जना पत्रकारको कोविड १९ परिक्षणका लागि स्वाब संकलन गरिएको छ । पछिल्लो समय पत्रकारमा समेत कोरोना संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल पत्रकार महासंघको समन्वयमा आज उपत्यकामा रहेर जोखिम मोलेर सूचना संकलनमा अग्र मोर्चामा रहि कार्यक्षेत्रमा खटिएका पत्रकारको स्वाब संकलन गरिएको हो ।
महासंघको केन्द्रीय कार्यलय प्रांगणमा दिउँसो स्वाब संकलन गरिएको थियो । बिद्युतीय तथा छापा सन्चारमाध्यममा कार्यरत पत्रकारहरुले सहभागी जनाएका थिए । सरकारी सन्चारमाध्यममा कार्यरत पत्रकारसमेत सहभागी थिए ।
सो क्रममा मिर्मिरे अनलाईनसँग कुरा गर्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले स्वाब परिक्षणसँगै सन्चारकर्मीहरुलाई सुरक्षीत रहेर कार्यक्षेत्रमा खटिन आग्रह गर्नुभयो । उहाँले स्वाब परिक्षण गरेपछि पनि ढुक्क भएर हिड्ने हैन सामाजिक दुरी कायम गरेर सुरक्षीत रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आज स्वास्थ्य परिक्षण गरिएका सबै पत्रकारहरु कोरोना संक्रमणको जोखिम मोलेर सूचना संकलनमा अग्रस्थानमा खटिएका पत्रकार रहेको भन्दै परिक्षण गरिएका पत्रकारको नतिजा नेगेटिभ आउने आशा व्यक्त गर्नुभयो ।
पत्रकारको स्वाब संकलनन कार्यक्रमको संयोजन गरिरहेका नेपाल प्रेस काउन्सिलका सदस्य गोविन्द प्रसाद चौलागाई आज एक सय जनाको पहिलो चरणमा स्वाब परिक्षणको लागि स्वाग लिने तयारि भएको भएपनि धेरै उपस्थित हुनुभएकोले १सय ९१ जनाको नमुना संकलन गरिएको बताउनु भयो ।

त्यस्तै मेडिकल ल्याब एसोसियसन अफ नेपाल (मेलानका) अध्यक्ष राजेन्द्र खड्काले कोरोना भाईरस नेपालमा समेत भित्रिसकेको अवस्थामा प्रयोगशालामा कामगर्ने जनशक्तिका लागि अतिनै संवेदनशिल रहेको भन्दै त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।
मेलानका संस्थापक अध्यक्ष कृष्णप्रसाद रिजालले स्वस्थ्य प्रयोगशालामा काम गर्ने जनशक्ति न्यून रहेको भन्दै सरकारले सहि तरिकाले प्ररिचालन गर्नेपर्ने र निजि क्षेत्रका स्वास्थ्यकमीलाई पनि संक्रमण रोक्नका लागि परिचालन गर्नुपर्नेे धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगर, सचिवद्धय प्रकाश थापा र लक्ष्मी पुन, कोषाध्यक्ष राजेश मिश्र, केन्द्रिय सदस्यहरु गोविन्द चौलागाई, गोपाल बराइली, जन्मदेव जैसी, लक्ष्मण कार्की, माधव चौलागाई, टेकराज थामी, श्याम भट्ट लगायतले परिक्षण गराएका थिए ।

महासंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा विभिन्न जिल्लाहरुमा पनि स्वाब परिक्षण गराइरहेको छ । हालसम्म नेपालमा ४ जना पत्रकारहरु कोरोना संक्रमण देखिएको छ ।

