पर्सा जिल्लामा ई–पास खारेज, निषेधाज्ञा हटेपछि बजारमा भिड बढयो

पर्सा जिल्लामा ई–पास खारेज, निषेधाज्ञा हटेपछि बजारमा भिड बढयो

  • मङ्लबार, जेष्ठ ६, २०७७
  • दिपक चौरसिया

  • 7K
    SHARES

पर्सा ६ जेठ । पर्सा जिल्लामा कोरोना संक्रमित व्यक्तिको संख्या ९१ पुगेपछि वैशाख ३० गते बेलुकी ८ बजे देखि जेठ ५ गते राती १२ः०० बजे सम्म निषेधाज्ञा लगाइएको थियो । तर निषेधाज्ञाले जनजीवन निक्कै कष्टकर बनेको गुनासो आएपछि सर्वपक्षीय बैठकको सुझावमा जिल्ला सुरक्षा समितिले सोमबार राति १२ बजे पछि निषेधाज्ञा हटाएको हो ।

पर्सा जिल्ला उच्च जोखिममा रहेकोले निषेधाज्ञा हटाइएपनि लकडाउनलाइ थप व्यवस्थित र कडा पार्ने निर्णय भएको छ । निषेधाज्ञा हटाइएसंगै मङगलवार बिहानदेखि वीरगंजको बजारमा मानिसहरुको चहल पहल बढेको छ । केही दिन देखि अत्यावश्यक सामग्री किन्न नपाएको स्थानियबासीहरु निषेधाज्ञा खुलेपछि बजारमा एकाएक भिड बढेको छ ।

स्थानीय प्रशासनले खाद्यान्न, किराना, दुग्ध, पानीलगायतका अत्यावश्यक वस्तुका पसल बिहान ८ः३० बजे सम्म मात्र खोल्न दिने निर्णय गरेको छ । यसअघि निषेधाज्ञामा ७ दिन सम्म पसल, बजार सबै पूर्ण रुपमा बन्द थिए । पसल र बजारमा मानिसको भिडभाड बढेपछि प्रहरीले केहि स्थानका पसलहरु बिहान साढे ८ बजे भन्दा पहिले नै बन्द गराएको थियो ।

सामाजिक दुरी कायम राखेर पसलमा सरसामान किन्न दिने निर्णय भएको भए पनि अटेर गरेर भिडभाड गरिएकाले बजारमा सुरक्षाकर्मीहरुले फेरि कडाइ गर्न बाध्य भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले बताए ।

जिल्ला सुरक्षा समितिको बैठकले लकडाउनमा समाजिक दुरी कायम गरेर कृषि कर्म गर्न दिने, ढुवानीको सहज वातावरण बनाउने, अतिआवश्यक उद्योगहरु सञ्चालन गर्ने, मलखाद, बिउ विजनको उचित प्रबन्ध गर्ने, खेती गर्ने किसानलाई उचित प्रोत्साहित गर्ने निर्णय पनि गरेको छ । पर्सामा भारतबाट तरकारी र फलफुल आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय समेत गरिएको बस्नेते जानकारी दिए ।

त्यसैगरी जिल्ला प्रशासन कायालय पर्साले लकडाउनमा प्रयोगमा ल्याइएको इ–पास मंगलबादेखि खारेज गरेको छ । सवारी पासका लागि नयाँ व्यवस्था लागू गर्दै यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
सहायक प्रजिअ बस्नेतका अनुसार अत्यावश्यक अवस्थामा बाहेक कुनै पनि पास वितरण गरिने छैन । अत्यावश्यक कामका लागि सवारी पास आवश्यक परे कारणसहित इमेलमार्फत आवेदन दिन सकिने उनले बताए ।
यस्तै, बैंक तथा वित्तिय संस्थालाई बढीमा एउटा सवारी पास मात्र उपलब्ध गराइने तथा अत्यावश्यक उद्योग र कलकारखानाहरुलाई भने आफ्नो कर्मचारी र कामदारलाई उद्योग भित्रै राखेर उद्योग सन्चालन गर्न निर्देश गरेको छ ।
एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने अवस्था भए काठमाडौं बाहिरएका जिल्लाको हकमा गन्तव्य जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्रै पास जारी गरिने उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ