कोरोना, असफल पूजीवाद र वैज्ञानिक समाजवादको विकल्प

कोरोना, असफल पूजीवाद र वैज्ञानिक समाजवादको विकल्प

  • मङ्लबार, जेष्ठ ६, २०७७
  • -तुफानसिंह कालीकोटे

  • 14.3K
    SHARES

पूजीवादले आज सम्म घमण्डका साथ विकास गरेको भनिएको सर्वश्रेष्ठ प्रविधि र शक्तिलाई एउटा सानो भाईरसले तहस नहस पारीदिएको छ । चीनबाट शुरु भएको कोरोनाले शक्तिशाली अमेरीकाको नारी राम्रोसँग छामेको छ । न त अमेरीकाले कोरोना नियन्त्रण गर्न सकेको छ, न औषधी । आज झण्डै एक लाख नजिक अमेरीकीहरु मृत्युको शिकार भएका छन् । १५ लाख बढी संक्रमणसगँ जुधिरहेका छन् ।
विश्वभर २ सय बढी देशहरुमा कोरोनाले ४८ लाख बढीलाई संक्रमित गरीसकेको छ भने ३ लाख २० हजार बढीको मृत्यु भईसकेको छ र प्रत्यक पल यो बढ्ने क्रममा छ । करीब ६ महिनाको अवधिमा यसले विश्वलाई नै तहस नहस पार्दै आर्थिक रुपले दोस्रो विश्व युद्ध अघिको क्रृणात्मक अवस्थामा पुर्याएको स्वयं पूजीवादी अन्तराष्ट्रिय एजेन्सीहरुले तथ्याकंहरु दिईरहेका छन् । विश्वकै पहिलो औद्योगिक र विकसित धनी देश बेलायतले तीन सय बर्षको ईतिहासमा सबै भन्दा खराब स्थितिको सामना गरीरहेको भनिदैछ अर्थतन्त्रका दृष्टिकोणबाट । अमेरीकामा करीब ३ करोड मानिसहरु बेरोजगारी भएको तथ्याकंहरु सार्वजनिक भएका छन् । कुल ग्राहस्थ उत्पादनको सय प्रतिशत भन्दा सार्वजनिक त्रृणमा डुबिसकेको अमेरीकाले ती सबै बेरोजगारहरुलाई न्युनतम मासिक १२ सय डलर दिदाँ समेत खरबौ डलर सकिसकेको छ । र उसले त्यो आर्थिक स्थिति धान्न नसक्ने भएकाले आप्रवासीहरुमाथि रोक लगाउने, ग्रिन कार्ड अस्थायी रुपले निलम्बन गर्ने जस्ता कुराहरु थालेको छ । जुन अमेरीकी प्रजातन्त्रका नाममा लिईएका नवउद्धारवादको व्यवस्थामा ठूलो चूनौती भएको नोम चोम्सकी लगायतकाको तर्क छ । विश्वकै धनी देश अमेरीकामा भेन्टिलेटरको अभावमा संक्रमितहरुको मृत्यु भईरहेको छ, नर्स डाक्टरहरु माक्स, पिपिईको माग गरेर आन्दोलित छन् । बेलायतका कैयौ चिकित्सकहरुको सुरक्षा उपकरणको अभावमा ज्यान गएको छ ।
ती देशहरुसगँ पैसा नभएका कारण यस्तो भएको हो त पक्कै पनि होईन । उनीहरुले बरु अथाह पैसा सीमित धनाढ्यहरुको हातमा थुप्रिका कारणले , अरबौ डलर अणु बम , क्षेप्यास्त्र र अन्तरीक्ष कब्जा गर्न स्पेस क्राफ्ट र एजेन्सी तथा हतियारहरुमा र युद्दमा खर्च गरीरहेका कारणले जनतालाई अभाव भएको हो । अहिले समुन्द्रको गहिराईबाट अन्तरीक्षमा युद्ध गर्न सक्ने , पटक पटक पृथ्वी विनाश गर्न सक्ने हतियार प्रविधिहरु उनीहरुसगँ छ तर जनतालाई उपचार गर्ने भेन्टिलेटर र औषधी छैन । पश्चिम युरोपको पनि यही हालत छ । छिमेकी भारतपनि आर्थिक र सैन्य हैसियतमा शक्तिशाली क्लबमा प्रवेश गरेको छ तर अहिले कोरोनाले एक लाख जति सक्रमण र ३ हजार बढीको मृत्यु हुदाँ नहुदै ठूलो स्वास्थ्य र ४० करोड मजदुरहरुको बिचल्लि हुने अवस्थाबाट जोगाउन सकेको छैन । भारतको कुल पूजीको ठूलो हिस्सा पनि अम्बानी, टाटा जस्ता सीमित धनाढ्यहरुको हातमा छ तर करोडौ गरीब मजदुरहरु खान नपाएर मरिरहेका छन् आत्म हत्या गरीरहेका छन् । कोरोना लाग्नु अघि नै विश्वको करीब ८५ करोड मानिसहरुसगँ पर्यात्प खानेकुरा थिएन भने कोरोना पछि के भएको होला ? सहज अनुमान गर्न सकिन्छ । यो परिदृष्य भनेको पूजीवादी व्यवस्थाको असफलता हो । मेरो बिचारमा एक ध्रवीय विश्व र पूजीवादको नवउद्दारवाद गंभीर सकटमा गयो र यो अब त्यही स्तरमा टिक्ने संभावना छैन । यसको उदाहरण अमेरीकामा लकडाउन बिरुद्ध मानिसहरु हतियार सहित सडकमा आउनु, बेलायतमा प्रदर्शन हुनु र भारतमा प्रदर्शन हुनुले देखाउछ । अतः विश्व अब नयाँ वैज्ञानिक समाजवादी व्यवस्थामा जानुको विकल्प छैन । चाहेर वा नचाहेर समान उत्पादन र वितरणको समाजवादी व्यवस्था विना कुनै पनि देशको अर्थतन्त्र र व्यवस्था अब टिक्न कठिन छ चाहे उनीहरुले मानुन या नमानुन् । यसो नगर्ने हो भने विश्वमा अब ठूल ठुला विद्रोह, आन्दोलन वा युद्धबाट गुज्रिनु पर्ने जस्तो देखिन्छ ।

के हो त नेपालको स्थिति चाहीँ ?

हाम्रो देशका जनतालाई अहिले सम्म कोरोनाबाट ओली सरकारले हैन प्रकृति या मौसमका कारणले जोगिन सफल भएका थिए । सरकारले निरोगी नेपालको नारा दिएर मखमली सपनाहरु बाँड्दै गर्दा कोरोनाले कसैलाई मर्न दिईने छैन भन्दा भन्दै कोरोनाको परीक्षणै हुन नपाई सिन्धुपालचोककी सुत्केरी महिला र बाँकेको नैरनापुरका युवाले क्वारेन्टानईबाट एम्बुलेन्स समेत नपाएर ज्यान गुमाउनुले सरकारको त्यो मखमली घोषणाको धोती च्याति दियो ।
नेपालमा अहिले पनि पिसिआर बिधिबाट प्रति १० लाख ६ सय हाराहारीमा मात्रै परीक्षण भएको छ जब कि रुसमा त्यही अनुपातमा ४१ हजार बढीको परीक्षण भएको छ भने अमेरीकामा ३१ हजारको परीक्षण भएको छ । हाम्रोमा कोरोनै नभएको हो कि परीक्षण नभएको हो अहिले प्रश्न उठिरहेको छ ।
अर्कोतिर सरकार कोरोनाबाट गुणस्तरीय तीव्र परीक्षण, क्वारेन्टाईन र उपचारको चुस्त विकल्पमा लाग्नुको साटो अध्यादेश जारी गर्ने, स्वास्थ्य सामाग्रीमा खुलेआम भ्रष्टाचार गर्ने अनि त्यस्ता मामलामा जोडिएका आफ्ना मान्छे र मन्त्रीहरुको बचाउमा स्वयं प्रधानमन्त्री लाग्ने ? अनि भन्ने बेलामा चाहीँ म भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने अनि काखमा चेपेर राख्ने ? के २१ औं शताव्दीको जनता लाटा छन् ? प्रधानमन्त्रीओलीले ससदमा आज संवोधन गर्दा म सगँ तुष भए अब्राहम लिंकनलाई सम्झनु अथवा उनको पुस्तक पढ्नु भन्ने सन्देश दिन भ्याए । म ओलीलाई प्रश्न गर्न चाहन्छु , तिमी केही जनतालाई केही समय मुर्ख बनाउन सक्छौ तर सबै जनतालाई सधै भरी मुर्ख बनाउन सक्दैनौ भनेर लिंकनले भनेको कुरा सम्झना छ कि छैन ?
अझै ५ बर्ष सम्म सरकार ढल्दैन , भन्दै कुर्सीकै लोभ गर्ने प्रधानमन्त्रीले अपमानजनक रुपमा विदेशमा रहेका ४५ लाख युवालाई ल्याउदा देशै सोत्तर हुन्छ भन्ने अभिव्यक्तिले ती देशमा रोजगारी नभएका कारणले अर्काको देशमा रगत पशिना बगाउने युवाहरुको मनमा कति पीडा भएको होला ? सीमानामा अलपत्र परेका नेपालीले कति सरापीरहेका छन् । महिलाहरुको गर्भ तुहिएकोछ , बाटैमा ज्यान जान थालेको छ , उनीहरुले आफ्नो बाउ आमा मर्दा पनि घर आउन पाएका छैनन् । दशगजामा ल्याएर छाडिएकाहरुलाई पनि उतै खेद्ने काम कतिको मानवीय र समाजवाद उन्मुख भन्ने तपाईको व्यवस्थालाई उदांगो पार्ने खोलको छैन र ?
आज तपाईहरुले चौरासी ब्यन्जन भोज खाएर लाईसेन्स दिएका वा दिन खोजेका निजी मेडिकल कलेज र अस्पतालहरुले रुघा र ज्वरो आएको बिरामीलाई निकोलेर खेदिरहेको छ, उनीहरुको मृत्यु भईरहेको छ , बिरामीलाई ढोकाबाट छिर्न दिएका छैनन् , थाहा छ कि छैन ? अहिले सरकारले गरीब, मजदुरलाई राहत दिन नसकेको यो सरकारसगँ खरबौ रुपैयाको राहत माग्दै सडकमा आउने चेतावनी उद्योगी ब्यापारीले नै किन दिईरहेका छन् ?
कालापानी लिम्पियाधुरा लिपुलेकको नक्सा जारी गर्नु एउटा राम्रो काम हो तर यति भनेर देशको भुभाग फिर्ता हुन्छ ? भारतले किन सुनिरहेको छैन नेपाललाई ? ठोस कदम खै अहिले सम्म भारतलाई दबाब दिने ? जनताको दबाबमा नक्सा त ल्याउनु भयो तर भूमि कहिले ?
चीनबाट आएका एक युवामा कोरोना देखिएर ठीक हुने वित्तिकै नेपाली खुसी भएका थिए । तर अहिले के हुदैछ ? हजारौ मान्छे संक्रमित हुन सक्ने , भयावह स्थिति आउन सक्ने चेतावनी विज्ञहरुले दिन थालेका छन् । निरन्तर लकडाउन थपेके थपेकै छ सरकारले तर मजदुर, किशान, विद्यार्थीलाई राहत खै ? ५–१० किलो चामल दिएर करोडौको हिशाब देखाएर पुग्छ जनतालाई ?
तसर्थ , कोरोना नियन्त्रणका दृष्टिले, भ्रष्टाचार नियन्त्रणमा असफल भएका कारणले, राजनीतिक रुपमा जनमुखि व्यवस्था कायम गर्न नसकेकाले अनेकौ हिशाबले यो सरकार र समग्र रुपमा यो व्यवस्था असफल भएको छ । यहाँ पैसा र पदका लागि जे पनि गर्ने जसो पनि गर्ने , जनतालाई भोट हाल्ने बेलामा भोज भतेर खुवाउने तर भोकले मर्ने स्थितिमा सहयोग नपाउने, उपचार र भोक दुवै कारणले मर्ने स्थितिमा आयो । अहिले पर्याप्त परीक्षण र स्वास्थ्यकर्मीहरु समेत पिपिई जस्ता कुराको पर्याप्त व्यवस्था हुन सकेको जस्तो देखिदैन ।
अतः अहिलेको राजनीति प्रणाली, नेतृत्व र संसदवादी दलहरु असफल सावित भईसकेका छन् । अब जनताले फेरी अर्को मतदान कुर्ने कि वैज्ञानिक समाजवादका लागि आन्दोलन गर्ने ? त्यो समय नजिकिदै छ ।
नेपाली भूमि रक्षाका लागि, जनताको प्रत्यक्ष अधिकार सहितको समाजवादका लागि सबै हिशाबले अब अर्को क्रान्तिको विकल्प छैन । जसको नेतृत्व हाम्रो गौरवशाली पार्टी नेकपाले गर्ने छ । हाम्रा पुर्खाले भोकभोकै लडेर बचाएको हाम्रो भुमी प्रराण भन्दा प्यारो छ ।
जय नेपाल जय मातृभुमि ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी