सवारी दुर्घटना २ बालकको मृत्यु

सवारी दुर्घटना २ बालकको मृत्यु

  • मङ्लबार, जेष्ठ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

बिराटनगर, जेष्ठ ०६ गते । मोरङ र झापाका दुई स्थानमा भएको सवारी दुर्घटनामा परी २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको ग्रामथान गाउँपालिका(४ मोतिपुर बस्ने पंकज झाको २ बर्षीय छोरा निखिल झा र झापाको बिर्तामोड नगरपालिका-१० का धिरेन राईको ४ बर्षीय छोरा सुदेन राई रहेका छन् ।

झालाई सोमवार अपरान्ह साँढे ४ बजेको समयमा मोरङको मोतिपुर स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ४ ख ६३७४ नम्बरको ट्याक्टरले ठक्कर दिंदा घाईते भई उपचारको लागी नोबेल अस्पताल पठाईएकोमा उपचारको क्रममा ५ बजे मृत्यु भएको थियो ।

यसैगरी आज बिहान ८ बजेको समयमा झापाको बिर्तामोड नगरपालिका-१० सैनिक मोडबाट बजार तर्फ जाँदै गरेको मे १ च ५६०२ नम्बरको गाडीले ठक्कर दिंदा घाईते भएका राईलाई उपचारको लागी झापाको बि।एण्ड।सि। अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । दुबै घटनाका सवारी साधन तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ