जेष्ठ ६ काठमाण्डौं । लामो समयको जनदवाव , आलोचना पछि सरकारले अन्ततः नेपालको दशकौदेखि भारतले कब्जा गरेको भूभाग आफ्नो नक्सामा सामेल गरेको छ । माथि देखिएको नक्सा अब नेपालको आधिकारीक नक्सा बनेको छ । र यसबाट नेपालको करीब ३ सय ३५ बर्ग किलो मिटर क्षेत्रफल बिस्तार भएको छ । यो नेपालले अरु देशको कब्जा गरेको भुभाग नभई आफ्नै देशको भुभागको नक्सा सम्म तयार पारेको हो । सुगौली सन्धि अघिको स्थितिमा जाने हो भने नेपालले पुर्वमा टिष्टा र पश्चिममा काँगडा सम्म पाउनु पर्ने हुन्छ । यो पनि ऐतिहासिक राजनीतिक बहस र मागको बिषय बनिरहने छ शायद ।
तर अब लिम्पियाधुरा, लिपुलेक र कालापानी नक्सामा तयार भयो । यो भूमिको नक्सा भारतको नक्सामा पनि ६ महिनाअघिदेखि राखिएको छ । भारतले भूमि पहिलैदेखि खाईरहेको थियो नक्सा पछि ल्यायो । तर नेपालले नक्सा समेत ढिलो भए पनि ल्यायो । तर अब भूमि कहिले ? यसका लागि कुटनीतिक प्रयास जारी राख्ने भनिएको छ ।
भारतले नेपालको कुटनीतिक नोट र पत्राचार तथा वार्ताको प्रस्तावलाई सजिलै स्वीकार गरीसकेको छैन । भारतको यो अतिक्रमणकारी प्रवृतिको अन्त्य गर्दै नेपालले आफ्नो जमिन फिर्ता गर्न सम्पूर्ण चरणका प्रयासहरु गर्नु पर्दछ । सरकार त्यो दिशामा अघि बढे जनसमर्थन पनि रहने नै छ ।
तर भारतसामु झुकेर फेरी जमिन विनाको नक्सा मात्रै टाँस्दै हिड्ने काम गरे अबका सचेत जनताले त्यो स्वीकार गर्ने देखिदैन । ध्यान पुगोस् सरकारको । आजको २१ औं शताव्दीको यो स्थितिमा भारतले सानो घनिष्ठ छिमेकी नेपालमाथि यो गिद्धे दृष्टि परित्याग गरी छवि सुधार गर्नु पर्ने देखिन्छ । मोदीको सोचमा कम्तीमा यो बदलाव आवोस् । नेपाली जनता फिर्ता होस् , सबै लागौँ, सबै जुटौँ ।