वाग्मती प्रदेशसभाको वर्षे अधिवेशन जेठ १२

वाग्मती प्रदेशसभाको वर्षे अधिवेशन जेठ १२

  • सोमवार, जेष्ठ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

हेटौँडा, ५ जेठ । वाग्मती प्रदेशको प्रदेशसभाको छैटौँ बैठक (वर्षे अधिवेशन) जेठ १२ गतेका लागि डाकिने भएको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १२ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षमा बसेको बैठकले चर्चित हेटौँडा काठमाडौँ मदन भण्डारी मार्गअन्तर्गतको पोस्ट बहादुर सुरुङ मार्गलाई राष्ट्रिय योजना आयोगमा पहिलो प्राथमिकताको परियोजनाको रुपमा समावेश गरी सङ्घीय सरकारको सहलगानीमा निर्माण गर्नको लागि नेपाल सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।

यसअघि प्रदेशसभा बोलाउने सम्बन्धमा मुख्यमन्त्री पौडेलले प्रदेससभा भवनको निरीक्षण गर्नुभएको थियो । पौडेलले सुरक्षित तबरले बैठक सञ्चालन गर्न उपयुक्ततासम्बन्धी जानकारी लिन प्रदेशसभा भवनको अवलोकन गर्नुभएको र भौतिक दूरी कायम गरेर बैठक सञ्चालन गर्ने विषयमा सभामुख सानुकुमार श्रेष्ठसँग कुराकानी भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ