नर्सको कोरोना रिपोर्ट पोजेटिभ, छोराको नेगेटिभ: संक्रमण देखिएको स्थानमा परीक्षण तीव्र- मन्त्री घिमिरे

नर्सको कोरोना रिपोर्ट पोजेटिभ, छोराको नेगेटिभ: संक्रमण देखिएको स्थानमा परीक्षण तीव्र- मन्त्री घिमिरे

  • सोमवार, जेष्ठ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

विराटनगर, ५ जेठ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण देखिएको स्थानमा परीक्षण तीव्र पारिएको जानकारी दिदैँ कोरोना संक्रमितको ट्राभल हिष्ट्री र कन्ट्याक्ट ट्रेसिङको पहिचान गरेर परीक्षण गरिने बताउनु भएकाे छ । धनकुटा जिल्ला अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आज मन्त्री घिमिरे धनकुटा जानु भएको थियो ।

धनकुटामा प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतसँग छलफल गर्दै मन्त्री घिमिरेले संक्रमण देखिएको स्थानमा परीक्षण तीव्र पारिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ सवैलाई परीक्षण गर्न संभव छैन, संक्रमितको ट्राभल हिष्ट्री र कन्ट्याक्ट ट्रेसिङको पहिचान गरेर शंकास्पदको परीक्षण गरिन्छ ।’ आवश्यक सामानको अभाव र महंगीले सबै मानिसको परिक्षण गर्न नसकिने उहाँले बताउनुभयो ।

कोरोना परीक्षण जहाँतहाँ गर्न नसकिने भएकाले समस्या भएको मन्त्री घिमिरेले वताउनुभयो । प्रदेश १ मा तीन स्थानबाट पीसीआर परीक्षणको प्रवन्ध गरिएसँगै परीक्षणको दर बढेको उहाँले बताउनुभयो । प्रदेशका सबै जिल्लामा समान रुपमा स्वास्थ्य सामाग्री प्रदेश सरकारले पठाएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘ संक्रमण देखिएका जिल्लालाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको छ ।’ मन्त्री घिमिरेले धनकुटामा संक्रमितको ट्राभल हिष्ट्री र कन्ट्याक्ट ट्रेसिङको आधारमा करिब ५ जनाको परिक्षण गर्न सकिने बताउनुभयो ।

परिक्षणका लागि आवश्यक किटको अभाव भएपनि संक्रमण भएको ठाउँमा परीक्षण नरोकिने सामाजिक विकास मन्त्री घिमिरेले बताउनुभयो । मन्त्री घिमिरेले जिल्ला अस्पताल धनकुटाको पनि निरीक्षण गर्नुभएको थियो ।

यसैबीच, जिल्ला अस्पताल धनकुटामा कार्यरत नर्समा कोरोना पोजेटिभ रिपोर्ट आएपछि आज कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको छ ।

जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीय स्वास्थ्यकर्मीमा हिजो साँझ कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमण पुष्टि भएपछि उनी ५ वर्षीय छोरा लिएर कोभिड अस्पताल विराटनगर आएकी थिइन । आमा छोरा डेरामा वस्दै आएकाले दुवैजनालाई कोभिड अस्पताल ल्याईएको थियो । अस्पतालमा आमा छोरा नै आईपुगेपछि ५ वर्षीय छोराको कोरोना परीक्षण गरिएको थियो ।

कोरोना परीक्षणमा छोराको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि मोरंगमा कार्यरत संक्रमितका श्रीमानलाई छोरा जिम्मा लगाईएको कोभिड १९ अस्पताल कोरोना उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानहादुर वस्नेतले जानकारी दिनुभयो ।

छोरालाई होमक्वारेन्टाईनमा राख्न भनिएको उहाँले बताउनुभयो । जनस्वास्थ्य अधिकृत वस्नेतका अनुसार कोभिड अस्पतालमा उपचाररतको संख्या २३ रहेको छ । १७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।

आज मोरंगको रतुवामाईका २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । रतुवामाईमा संक्रमण देखापरेका संक्रमितलाई कोभिड अस्पताल ल्याउने तयारी भईरहेको जनस्वास्थ्य अधिकृत वस्नेतले बताउनुभयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ