कैलाली, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी कैलाली, अखिल (क्रान्तिकारी ) र युवा संगठन कैलालीले भारतीय हस्तक्षेपकाे बिराेधमा प्रदर्शन गरेकाे छ । नेपालको भुमि प्रयोग गरि चिन संग जोड्ने ब्यापारिक मार्ग को उद्घाटन गरेकाे बिराेधमा कैलालीकाे धनगढीमा र लम्की लगायत भिन्नाभिन्नै ठाउँमा बिराेध प्रदर्शन गरेकेा हाे ।
नेपालको सीमाना मिचेर भारतले लिपुलेक क्षेत्रमा सडक बनाएको विरोधमा सो नेकपाको गौरीगंगा नगर कमिटीले प्रदर्शन गरेको साे पार्टीले जनाएकाे छ । गौरीगंगा नगरपालिका ८ स्थित पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गरेको छ।
साथै उनीहरूले भारतीय प्रधानमन्त्री माेदी तथा भारतीय रक्षा मन्त्रीकाे पुत्ला जलाउनुका साथै मसाल जुलुस गरेकाे छ ।

धनगढीकाे उक्त कार्यक्रम मा सम्बोधन गर्दै नगर इन्चार्ज अनमाेल र अखिल (क्रान्तिकारी) अध्यक्ष सुवासले नेपालको भौगोलिक अखण्डता र स्वाधीनता माथि गरिएको भारतीय हस्तक्षेप र नेपाल सरकारको राष्ट्रिय आत्मसमर्पणवादी रबैयाका विरुद्ध एकजुट भएर राष्ट्रिय स्वाधीनताको आन्दोलनमा सरिक हुन सम्पुर्ण देशभक्त नागरिक, बुद्धिजीवी , प्राध्यापक , मजदुर, श्रमिक, सुरक्षाकर्मी , पत्रकार ,नागरिक समाज , लगायत सम्पुर्ण राष्ट्रभक्त , न्यायप्रेमी जनसमुदायमा आग्रह गरेका छन् । साथै लम्की मा भएको कार्यक्रम लाई युवा संगठन नेपाल कैलालीका अध्यक्ष दिपक ले सम्बोधन गरेका थिए ।