झापा,जेष्ठ ५ गते । झापाको गौरादह(४ स्थितमा गाईको बाच्छो काटेको आरोपमा ३ जनालाइ पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गौरादह(४ का २८ बर्षीय रमेश दर्जी,५० बर्षीय रमेश सतार र सोहि स्थानका ६० बर्षीय मद्रासी सतार रहेका छन ।
हिजो राती १० बजे रमेश दर्जीको घरमा यी तिनै जना मिलेर बाच्छो काटेर मासु खाएको र बाच्छोको टाँउको तथा दुई वटा खुट्टा खेतमा पुरेको अवस्थामा फेला पारेको भनी आज बिहान सवा ८ बजे स्थानीयले प्रहरी चौकी माहारानीझोडामा खबर गरेका थिए ।
घटनाबारे सुराकी पाए पछि प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर दमक स्थित ईलाका प्रहरी कार्यलयमा राखेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline