भारतले नेपाली भूमि अतिक्रमण गर्यो।सिमा अतिक्रमण पुरानै रोग हो।लिपुलेक मात्र होइन थुप्रै सिमा क्षेत्र अतिक्रमित छ।
नेपालको भारत चिन सङग ब्यापार पारबाहनका लागि थुप्रै नाका खुलेका र खुल्ने क्रममा पनि छन्।नया नाका खोल्दा आबश्यकता पारस्परिक हित लागत सुरक्षा आदिलाई ध्यान दिइन्छ।भारतले नेपालको अनुमति जानाकारी बिना कोरोना कहर झेलिरहदा सीमा अतिक्रमण गरेर बनाएको सडकलाई वार्ता गरेर त्रिपक्षिय हीतका लागि प्रयोग गर्ने, बनाएको सडक किन भत्काउने तर्कहरु पनि बाहिरिएको छ।
भारत र चिनसङग ब्यापार तथा पारबाहन नाका खोल्नका लागि उपर्युक्त हुने नाकाहरुको बारेमा प्राबिधिक टोली सीमा बिद परराष्ट्र बिद योजना बिद बीच छलफल स्थलगत अध्ययन भैसकेको छ।सिमा अतिक्रमण गरेर भारतले बनाएको सडक पारस्परिक लाभको आधारमा भारत चिन नेपाल तिनै देशले प्रयोग गर्ने शर्तमा अघि सारिएकोWIN WIN WINसिद्दान्तको आधारमा वार्ताको प्रस्ताव अत्यन्त त्रुटीपूर्ण छ।
ब्यापारिक लाभको दृष्ट्रिकोणमा ल्याइएको यो अबधारणा पालना गर्ने हो भने सिमा अतिक्रमणलाई प्रश्वय मिल्ने र आगामी दिनमा भारत चिनले सिमा अतिक्रमण गरी सडक बनाए त्यसलाई पनि बैधानिकता दिनुपर्ने हुन्छ। सिमा अतिक्रमण गरेर भारतले बनाएको सडक नेपालको लागि हित हुने भएपनि भारतिय दादागिरी अन्त मौन समर्थन गर्ने चिनलाई समेत चेतावनी दिन भत्काउनुको बिकल्प छैन।

नेपालका सबै सीमा क्षेत्रहरुमा भएको सिमा अतिक्रमण समस्या हल गर्न भारत सङग बार्ता थाल्न अन्तराष्ट्रिकरण गर्न ढिला गर्नु भनेको मौन स्विकृति जनाउनु सरह नै हो।बिगतमा सत्ता टिकाईराख्न सन्धि सम्झौताका नाममा नेपाली जनता मातृभुमि प्रति थुप्रै धोका नेपालका शासन सत्ताको बागडोर सम्हालेका र भारततिय पक्षबाट भएका छन्।भारत अहिले पनि आन्तरिक रुपमा शासन सत्ता कमजोर पारेर स्वार्थसिद्द गर्न सकिन्छ कि भन्ने दाउपेचमा छ।
राष्ट्रियता मुद्दालाई निरपेक्ष रुपमा लिदै स्वदेश तथा बिदेशमा रहेका सम्पूर्ण नेपाली गोलबन्द भइ भारतिय दादागिरी हेपाहा मिचाहा प्रवृतिको प्रतिरोध गरौ।
भारतिय बिस्तारबाद मुर्दाबाद।सिमा अतिक्रमण बन्द गर।आत्म निर्णय अधिकार सम्मान गर।जालझेल गरेर बनाएको सडक हामी प्रयोग गर्दैनौ।नेपाली भूमि लिजमा दिएर हामीलाई धनि बन्नु छैन।बलभद्र कुबर भक्ति थापा अमरसिङग थापाले अग्रेजलाई परास्त गरेको इतिहास हाम्रो शान हो।#राष्ट्रियता
लेखक– रेग्मी सप्तगण्डकी बहुमुखी क्याम्पस ,भरतपुर चितवनका सहायक क्याम्पस प्रमुख एवं उप प्राध्यापक छन् ।