मदिरा पसलबाट चोरी गर्दा गर्दै भारतीय नागरिक नवलपरासीमा रंगेहात प्रहरकिो फन्दामा

मदिरा पसलबाट चोरी गर्दा गर्दै भारतीय नागरिक नवलपरासीमा रंगेहात प्रहरकिो फन्दामा

  • सोमवार, जेष्ठ ५, २०७७
  • रबिन्द्र यादव

  • 6.2K
    SHARES

नवलपरासी पश्चिम ५ जेठ । मदिरा पसलबाट चोरी गर्ने चोर रंगेहात पक्राउ परेको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ६ हरपुर ९ झुलनिपुर भन्सार चोक ० बाट बिहान तीन बजे एक भारतीय नागरिकलाई स्थानीयले पक्राउ गरेका हुन । पक्राउ परेका चोरलाई स्थानीयले गुठी परसौनी प्रहरी चौकीलाई बुझाएका छन् ।

पक्राउ परेको व्यक्ति भारत महाराजगन्ज जिल्ला झुलनिपुर गाउँको अन्दाजी १८ बर्षिय मेहताब अन्सारी रहेको बताइएको छ । पश्चिमी गण्डक नहरमा पानी बन्द रहेकोमा नहरको ढोकाबाट आएको हुन सक्ने स्थानीय प्रहलाद कोइरीले बताए । चोरी भएको पसल देखि बीस मिटर नजिकै सशस्त्र प्रहरीले बोर्डरमा निगरानी गरिरहेका छन् ।

सशस्त्र प्रहरीले बोर्डरमा निगरानी बढाएको छ कि छैन भन्ने प्रश्न स्थानीयले उठाएका छन् । चोरले झुलनिपुरको नहरको ढोका बाट बिजय मदिरा पसल, सोनी सहानी मदिरा पसल र यादव कोल्ड ड्रिङ्स गरि तिन मदिरा पसलको पछाडि बाट र अगाडि बाट ढोकाको ताल्चा तोडफोड गरि चोरी गरेको हो ।

चोर संग ताल्चा तोड्ने हतियार समेत बरामद भएको छ । स्थानियको सोधपुछमा अन्सारीले आफुलाई त्यहा सम्म आउन आफ्नै गाउँका दुई जनाले सघाउ पुर्याएको बताएका छन् ।

लकडाउनमा झुलनिपुर बजार बन्द रहेको तथा नहरको पानी बन्द भएको फाइदा उठाउदै त्यहा चोरी गर्ने चोर सक्रिय भएको हुन । स्थानीयका अनुसार जब नहरको पानी बन्द हुन्छ त्यही बेलामा बजारमा चोरी हुने गरेको हो ।

अहिलेसम्म उक्त बजारमा १६ र १७ पटक चोरी भइसकेको स्थानीय बताउँछन् । अहिले ती चोरलाई क्वारेन्टाइन पठाउने र त्यसपछि कार्यवाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ