कोरोनाबाट मृत्यु भएकी महिलाबाट जन्मिएको शिसुको रिपोर्ट नेगेटिभ

कोरोनाबाट मृत्यु भएकी महिलाबाट जन्मिएको शिसुको रिपोर्ट नेगेटिभ

  • सोमवार, जेष्ठ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काभ्रे जेष्ठ ५ । कोरोना संक्रमणका कारण मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको १३ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन गरेर परीक्षण गरिएको थियो । अब शिसु सहितलाई १४ दिन क्वारेन्टाईनमा राख्ने तयारी भएको छ ।

उनीहरुको रिपोर्ट निकै ढिलो आए पछि असन्तुष्ट बनेका थिए । गत बिहिबार राति उपचारका लागि ल्याउनासाथ धुलिखेलमा मृत्यु भए पछि मात्रै ती महिलामा कोरोना पुष्टी भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ