प्रहरीले जस्तै झोला खोल्नुस् भन्दै जनस्वास्थ्य अधिकारी कार्कीलाई घेरा हालेर भिडियो बनाउने एक पक्राउ

प्रहरीले जस्तै झोला खोल्नुस् भन्दै जनस्वास्थ्य अधिकारी कार्कीलाई घेरा हालेर भिडियो बनाउने एक पक्राउ

  • आइतवार, जेष्ठ ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

जेष्ठ ४ काठमाण्डौं । काठमाडौँको नागढुङ्गामा वाग्मती प्रदेशका जनस्वास्थ्य निर्देशक नारायण कार्कीलाई गाडीमा रोकेर झोला खोल्नुस्, सबै सामान देखाउनुस् भन्दै प्रहरीको खानतलासी भन्दा चर्को शैलीमा सोधपुछ गर्ने मध्य एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । कार्कीमाथि दुव्र्यवहार गरेको आरोपमा आज बिहान चन्द्रागिरि नगरपालिका–४ का उत्तम कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । यो घटना गत शुक्रबारको हो ।
काठमाण्डौ आउदै गरेका कार्कीलाई केही व्यक्तिले गाडी रोकेर झोरेर झोलाको सामान सबै चेक गर्दै मास्क किन नलाको ? किन फुकालेको भन्दै सोधेको प्रश्न सहितको भिडियो सार्वजनिक भए पछि सर्बत्र विरोध भएको थियो । बागमति प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले समेत आज विज्ञप्ति निकालेर दोषीमाथि छानविन र कार्बाही गर्न आग्रह गरेको थियो ।
जनस्वास्थ्य निर्देशक नारायण कार्कीमाथि गरिएको दुव्र्यवहारको विषयमा छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आज छानबिन समिति गठन गरेको छ ।
कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरको संयोजकत्वमा प्रहरी निरीक्षक विष्णुप्रदीप बस्याल सहभागी दुई सदस्यीय छानबिन समिति गठन गरिएको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रहरीको उपस्थितिमा उक्त घटना घटेको पाइए प्रहरीलाई समेत कारवाही गर्न छानबिन समिति गठन गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ