एनएनएसडब्लूएद्वारा अपाङ्गता, गर्भवती, सुत्केरी आरक्षपीडित परिवारहरूलाई पोषिलो राहत

एनएनएसडब्लूएद्वारा अपाङ्गता, गर्भवती, सुत्केरी आरक्षपीडित परिवारहरूलाई पोषिलो राहत

  • आइतवार, जेष्ठ ४, २०७७
  • डम्मर राज भट्ट

  • 12.7K
    SHARES

कञ्चनपुर, ४ जेठ । कोरोना भाईरस कोडिभ -१९ को संक्रमण बढिरहेका बेला अन्य समान्य आम मानिस भन्दा गर्भवती एव सुत्केरी महिला समस्यामा परेका हुन्छन् ।

गर्भवती र सुत्केरी महिलाको समस्या मध्य नजर गर्दै नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्लू कञ्चनपुरले कन्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलडाँडी गाउँपालिका क्षेत्रका अपाङ्गता भएकादेखि सुनौलो हजार दिनका आमाहरूलाई पोषिलो खाद्यान्न वितरण गरेको छ । कोरोना भाईरको संक्रमण फैलिन नदिन नेपाल सरकारले गरिएको लकडाउनका कारण खाद्यान्न सहित पोषिलो खाने परिकारको समस्या भएका आपाङ्गता, आरक्षपीडित एव सुनौलो हजार दिनका आमाहरूलाई खाद्यान्न वितरण गरिएको हो । एनएनएसडब्लूएले बेलडाँडी गाउँपालिकासंगको सहकार्यमा उक्त खाद्यान्न समाग्री वितरण गरेको हो ।

एनएनएसडब्लूका कार्यकारी निर्देशक अशोक जैरुले महामारीका बेला अपाङ्गता र सुनौलो हजारदिनका आमाहरूलाई पोषिलो खाद्यान्न सहयोग गरेको बताए । उनका अनुसार अपाङ्गता, गर्भवती, सुत्केरी र आरक्षपीडित ४ सय ६६ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । सुनौलो हजार दिनका एक सय जना महिलाहरूलाई आधाकिलो ध्यूउ, दुई किलो सुजी, एक क्यारेट अण्डा, काजुछोरा, बदाम र ओखर दिनुका साथै खाद्यान्न समेत दिईएको छ । १५ किलो मसिनो चामल ओम ब्राण्ड, मिक्स दाल, तेल, नुन, चियापत्ती, खुर्सानी वितरण गरिएको छ ।

लकडाउनकै समयमा सुत्केरी भएका र जेठ महिनाभरी सुत्केरी हुने आमालाई विशेष प्राथमिकतामा राखेर पोषिलो खाद्यान्न वितरण गरिएको छ । एक सय गर्भवती सुत्केरी महिला, १ सय ५६ अपाङ्गता भएका र २ सय १० आरक्षपीडित गरि जम्मा चार सय ६६ परिवारलाई पोषिलो राहत वितरण गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्लाभरी चालु आर्थिक बर्षमा १३ हजार, ८ सय ३६ गर्भवती महिला रहेका छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरका सुचना अधिकारी गौरसिह कार्कीले चालु आर्थिक बर्षको चैत्रसम्ममा ५ हजार ९ सय १९ महिला अस्पतालमा नियमित सुत्केरी भएका छन् ।

गर्भवती सुत्केरी महिलाका लागि कञ्चनपुरमा एनएनएसडब्लूएले पहिलो पटक पोषिलो राहत प्याकेज ल्याएको छ । एनएनएसडब्लका शहरी विपद् जोखिम न्यूनिकरण अधिकृत प्रभुनिधी पन्तले विषम परिस्थितिमा पोषिला खाने परिवारको अभाव भईरहेका बेला बेलडाँडी क्षेत्रका गर्भवर्ती, अपाङ्गता एव आरक्षपीडितलाई पोषिला खाद्यान्न वितरण गरिसंगै उनीहरुको स्वास्थ्यमा समेत सुधार हुने बताए ।

एनएनएसडब्लले बेलडाँडी जस्तै कञ्चनपुरका अन्य स्थानीय तहमा रहेका अपाङ्गता, गर्भवती महिला, सुत्केरी एव विचल्लीमा परेका विपन्न समुदायलाई यस्तै पोषिलो खाद्य परिकार वितरण गर्ने जनाएको छ ।

पोषिलो राहत पाएपछि आरक्षपीडित अपाङ्गता एव गर्भवती महिलाहरू हर्षित भएका छन् । संकटका बेला पोषिलो राहत पाएपछि उनीहरुले उपलब्ध गराउयने संस्था र गाउँपालिकालाई धन्यवाद दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी