सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्दार गर्न नगर पालिकालाई माग

सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्दार गर्न नगर पालिकालाई माग

  • आइतवार, जेष्ठ ४, २०७७
  • डम्मर राज भट्ट

  • 7.3K
    SHARES

कन्चनपुर जेठ ,३ । कञ्चनपुर जिल्ला सगँ जोडिएका सीमावर्ती भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उचित व्यवस्थापन सहित उद्दार गर्न नागरिक समाज लगाएतका सघसस्थाहरूले आग्रह गरेका छन् ।
आज बिहान भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टलाई भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उचित व्यवस्थापन सहित उद्दार गर्न नागरिक समाज सघसस्थाहरूले आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
भारतीको सिमा क्षेत्रमा अलपत्र परेका नागरिकहरुलाई उद्दार गर्ने गम्भीर भईदिन नागरिक समाजका सघसस्थाहरूले भिमदत्त नगरपालिका नगर प्रमुख मेयर सुरेन्द्र बिष्टसंग आग्रह गरे ।
मेयर बिष्टले सीमावर्ती भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्दारका लागि आफूले निरन्तर रुपमा प्रयास जारी राखेको र प्रमुख जिल्ला अधिकारीसंगको छलफलबाट आफुले निकास निकाल्ने बताए ।

मेयर बिष्टसंगको छलफल तथा ज्ञापन पत्र बुझाउने कार्यक्रममा गैर सरकारी संस्था सुदूर पश्चिमका अध्यक्ष तथा नागरिक समाज कञ्चनपुरका अध्यक्ष भवराज रेग्मी, गैर सरकारी संस्था महासंघ कञ्चनपुरका जिल्ला संयोजक नरेश शिलाल, नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष कृष्ण पाठक, सञ्जिवनी नेपालकी नितु भट्ट, महाकाली यातायात व्यवसायी समितिका अध्यक्ष डम्बर पन्त, निड्स नेपालकी अञ्जु भट्ट, कोक्यावका भुवन कुवँर, माईती नेपालकी महेश्वरी भट्ट र मानवअधिकार कर्मीहरू पनि उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ