कोरोनाको कहरः स्वास्थ्यकर्मीलाई निराशा र डर !

कोरोनाको कहरः स्वास्थ्यकर्मीलाई निराशा र डर !

  • आइतवार, जेष्ठ ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.5K
    SHARES

कोभिड १९ बिरुद्धको लडाई संगै स्वास्थ्यकर्मिमा पनि विभिन्न कहर थपिएको छ । मैले बुझे अनुसार अहिलेको विश्व माहामारी कोभिड १९ बिरुद्धको लडाईमा सबै निकायको सयुक्त प्रयास विना जीत हात पार्नु कठिन छ । यसमा कसै को दुई मत नहोला ।

अहिले कोभिड १९ बिरुद्धको लडाईको अग्रपंक्तिको लडाकु भनेको समपुर्ण स्वास्थ्यकर्मिहरु (करार स्थाई तथा प्राईभेटको सवै स्वास्थ्यकर्मि हरु हुन ) तथा स्वास्थ्य संस्था मातहत का सबै कर्मचारि तथा महिला स्वास्थ्य स्वयम सेबकहरू ,प्रहरी तथा सेना तथा संचारकर्मि हुन भने ।अरु सबै निकाय पर्दा पछाडिको लडाकु हुन हामी सबै स्वास्थ्यकर्मिहरुले यो महसुस गरेका छौँ ।
यी अग्रपक्तिका लडाकुहरुलाई सकिन्छ भन्ने प्रोत्साहन गरौ नसके निरुत्साहित नगरियोस् यो अहिलेको अवश्यक्ता हो । तर यो हामीले सोचेको जस्तो हुन सकेको छैन । अहिलेको जोखिम भत्त निर्देशिकाले स्थानिय स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारिलाई भत्ताको ब्यवस्था गरेको छैन । स्वास्थ्य संस्थामा आउने सबै बिरामिमा कोभिड १९ कसैमा नहोस त्यो हाम्रो अपेक्षा हो तर कोभिड १९ पोजेटिभ या नेगेटिभ एकीन गर्ने साधन नभएको ले स्थानिय तह अन्तरगत प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकि पनि उति नै जोखिममा छ। जसको कारणले स्वास्थ्यकर्मिको मनोबल खस्केको देखिन्छ।

संघियता आए संगै जनसमुदायले संघ ,प्रदेश तथा स्थानिय निकाय बाट स्वास्थ्य क्षेत्रमा ठुलो फडको मार्न अपेक्षा गरेका थियौ भन्ने स्वास्थ्यकर्मिहरुको उच्च उतसाहका साथ काम गर्ने अपेक्षा थियो । तर त्यस्तो हुन सकेका छैन भने अर्का तिर स्वास्थ्यकर्मिहरूको मनोबल खस्किदै गएको छ। समायोजन ऐन अनुसार ५ बर्ष पुगेका निजामति कर्मचारीको समायोजन भएका कर्मचारी १ तह बढुवा हुने प्रावधान हुदाहुदै पनि अरू क्षेत्र बाहेक स्वास्थ्यकर्मिहरु मनोबल खस्कने गरि २ ग्रेडमा सिमित गरियो ।

यति मात्र हैन स्वास्थ्य ऐन बाट स्हायक स्तरका स्वास्थ्यकर्मिहरूको रोकिएको स्तर वृद्धि सर्वोच्च आदालतले रीतपुर्वक स्तरबृद्दि गर्नु आदेश दिदादिदै पनि २ बर्ष देखि रोकिएको स्तरबृद्धि अहिले सम्म कार्यनवयन हुन सकेका छैन । तर हाल आएर स्तरबृद्धिको काम अगाडि बढिसकेको कुरा सुन्नमा आएको छ । स्तरबृद्धिको प्रक्रिया अगाडि नबढेको भए यथाशिघ्र प्रकिया अगाडि बढाई स्वास्थ्यकर्मिको मनोबल बढाउनु अहिलेको अवश्यक्ता रहेको छ। त्यसैलै हामी स्वास्थ्यकर्मिहरू नआतिकन कोभिड १९ बिरुद्धको लडाईमा नेपाल सरकार र नेपाली जनलाई एकजुट भएर साथ दिउ। यसको हिसाब किताब ऐनलाई टेकेर पछि गरौला । अहिले सबै स्वास्थ्यकर्मिहरु कोभिड १९ बिरुद्ध एक भएर लडौ अनि सबैले साथ दिऔँ।

लेखक-  महागढि माई नगरपालिका ९ बाराका हेल्थ असिसटेन्ट हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी