रौतहटमा संक्रमित मध्य एक जना बारामा कार्यरत प्रहरी जवान

रौतहटमा संक्रमित मध्य एक जना बारामा कार्यरत प्रहरी जवान

  • आइतवार, जेष्ठ ४, २०७७
  • राहुल गुप्ता

  • 6.3K
    SHARES

आज बिहान कोरोना संक्रमण पुष्टि भएका रौतहटका १० जनामध्ये एक जना बारामा कार्यरत प्रहरी जवान रहेको पाईएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान निकालेर रौतहटका १० जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एक जना २८ वर्षिय पुरुष जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखामा कार्यरत प्रहरी जवान रहेको बाराको प्रमुख जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डितले बताउनु भयो।
संक्रमित जवानको स्वास्थ्य सामान्य रहेको र उहाँलाई जिल्ला अस्पताल कलैयाको आईसुलेसन कक्षमा राखिएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो। संक्रमण पुष्टि भएलगतैँ उहाँको सम्पर्कमा आएका ३५ जनाको पहिचान गरि स्वाब संकलन गरिसकिएको प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीले बताउनुभयो।
यस अघि काठमाण्डौमा पनि शससत्र प्रहरीमा संक्रमण देखिएको थियो भने महोत्तरीमा नेपाली सेनोका अधिकारी सहितमा संक्रमण देखिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ