काठमाण्डौं जेष्ठ ३ । नेपालमा पहिलो पटक कोरोना भाईरसबाट मृत्यु भएकी सिन्धुपालचोककी महिलाको शब धुलिखेल अस्पतालबाट पशुपति आर्यघाटमा ल्याएर अन्त्यष्टी गरिएको छ । सेनाको गाडीमा शसस्त्र प्रहरी र जनपद प्रहरी समेत परिचालन गरेर उनको शब पशुपति स्थित विद्युतीय शबगृहमा ल्याईएको थियो ।
सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाको कारण मृत्यु भएको थियो । उनी ११ दिन अघि मात्रै शिक्षण अस्पतालमा सुत्केरी भएकी थिईन् ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले कोरोनाका कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनसम्बन्धी कार्यविधि अनुसार उनको अन्त्येष्टि गर्ने व्यवस्थापन गरेको थियो । ज्यरो आउने, सास फेर्न गाह्रो हुने भए पछि मृत्युपछि अस्पतालमा दुई पटक पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना देखिएको थियो ।
उनको निधनसगँै परिवारमा बिचल्लि भएको छ भने बाह्र बिसे गाँउमा शोक र त्रास छाएको छ ।