जेष्ठ ३ काठमाण्डौं । नेपालमा काठमाण्डौ , भक्तपुर सहितका जिल्लामा कोरोना लगातार बढ्न थाले पछि उपत्यकामा मानिसहरु आफै सतर्क हुन थालेका छन् । साथै प्रहरीले पनि लकडाउन कडा पारेको छ । राजधानीको नयाँ बानेस्वर लगायतका ठाँउहरु प्राय सुनसान भेटियो भने न्युरोडका भित्री गल्लीहरु टोल टोलमा बार लगाउन थालिएको छ ।
काठमाण्डौको चन्द्रागिरी, सतुगल लगायतका क्षेत्रमा कोरोना देखिए पछि नागरिकहरु आफै पनि घर बाहिर कम निस्कन थालेको देखिएको छ ।
यसै गरी लकडाउनमै पनि सवारी बाक्लो मात्रामा देखिने गरेको शहीद गेटमा पनि आज खासै सवारी चाप देखिएन ।
बीचमा लकडाउन केही खुलकुलो भए पछि उपत्यकामा मानिसको आवत जावत निकै बढेको थियो । अहिले भने कडाई गरिएको छ ।




यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline