मूर्दा शान्ति

मूर्दा शान्ति

  • शनिबार, जेष्ठ ३, २०७७
  • प्रथा

  • 21.2K
    SHARES

स्स्स्….
चुप लाग्नुस् !
नानीहरू निदाएका छन्
साँझबत्तीहरू निभाइएका छन्
र भर्खरै सरकार पनि निदाएको छ !

अब हल्ला नगर !
– मन्दिरका पण्डितहरू
– पागल प्रेमीहरू
– बलात्कारमा परेका ‌महिलाहरू
– न्यायका मलामीहरू
– र भोकले बहुलाएका नागरिकहरू !

बस् !
यो शान्तिप्रिय देश हो
बुध्दको मुर्तीजस्तै
अब चुपचाप चुपचाप शान्त बन !

सायद,
सबैभन्दा शान्त त मूर्दाहरू हुन्छन् !
                  ***

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी