नेकपाको एकताः संख्या ठूलो तर गुण कमजोर हुदै !

नेकपाको एकताः संख्या ठूलो तर गुण कमजोर हुदै !

  • शनिबार, जेष्ठ ३, २०७७
  • एन्डीज शर्मा  

  • 10.7K
    SHARES

परस्पर विरोधी पूर्व एमाले र माओवादीबीच एकता भएको दुई बर्ष पुरा भयो । यो असाधारण एकता भएको र अब ५० बर्ष कम्युनिष्ट सत्ता चलाउने उनीहरुले उदघोष गरेका थिए ।
तर दुई बर्षको ईतिहासमा नेकपाको एकताले पूर्णता नपाउदै विभाजन भएको भन्दा चर्को गरी पार्टी भित्रै प्रधानमन्त्रीको राजीनामा माग्ने, बैठक नै नराख्ने, बैठक राख्न निवेदन बोकेर नेताहरुको घर डुल्ने, पार्टी कार्यलयमा भन्दा धेरै छलफल शीर्ष नेताका निवास र कटेरोमा हुने संस्कृतिले नेकपा थप बलियो हैन कमजोर हुने नेकपा भित्रकै नेताहरुको विष्लेषण छ ।
८ लाख सदस्य भएको ठूलो कम्युनिष्ट पार्टी, दुई तिहाई सहितको शक्तिशाली केन्द्र सरकार, ६ वटा प्रदेश सरकारको नेतृत्व, बहुमत स्थानीय तहहरुको नेतृत्व हुदा समेत अहिलेको सरकार निकै विवाद, आक्रोस र असन्तुष्टीको सामना गर्ने स्थितिमा पुगेको छ ।
अहिले सम्म सो पार्टीका ४ सय बढी केन्द्रीय सदस्यले जिम्मा पाएका छैनन, तल्ला तहहरुमा सामुहिक बैठक बस्न सकेको छैन, ठूलो पार्टीको धेरै कार्यकर्ता अहिलेको महामारीमा जनताको घर घरमा राहत र सूचना लिएर जानु पर्ने हो तर कार्यकर्ता केही बाहेक धेरै खटेका छैनन् भन्ने स्वयं पार्टी अध्यक्ष प्रचण्डले भनेका छन् ।
एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी भनेर चर्चा गरिए पनि व्यवहारमा नेकपा भित्र एकता हैन मोर्चा बन्दी जस्तो मात्र भएको ठान्छन् विष्लेषकहरु ।
वाम विष्लेषकहरु नेकपाले चुनावी घोषणा पत्र लागू नगरेको, अवसरको सदुपयोग नगरेको बरु खुलेआम कम्युनिष्ट पार्टीकै नेताहरु भ्रष्टाचारमा मुछिएको दाबी गर्दछन् ।
गोकुल बास्कोटाको ७० करोडको टेपकाण्ड, वाईडबडी, गोकर्ण रिसोर्टको जग्गा लिज प्रकरण देखि , स्वास्थ्य सामाग्री खरिदमा अनियमिततामा मन्त्रीको समेत नाम आए पनि महामारीको बेला थामथुम जस्तो भएको छ ।
नेकपाकै नेताहरु कोही ओली खेमा, कोही प्रचण्ड खेमा, कोही माधव खेमा हुदै , कोही वामदेवलाई प्रधानमन्त्री बनाउने भनेर लाग्दै गर्दा सार्वजनिक रुपमै विपक्षीलाई भन्दा बढी प्रहार एक अर्कालाई हुन थाले पछि नेकपामाथि कार्यकर्ता र जनताको विस्वास गुम्दै गएको देख्न सकिन्छ ।
कम्युनिष्ट पार्टीको संसारभरको अभ्यास पार्टीका निर्णय र प्रतिवद्धताहरु सरकारले कार्यन्वयन गर्ने हो । तर नेकपा भित्र पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले नमान्ने, यति सम्म कि आफै सहमत भएर गरेको निर्णय समेत केही बेरमै मान्दिन भन्ने , पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री नै बैठक छाडेर हिड्ने स्थितिमा पुगेको दृष्य नेकपाभित्रको सबै भन्दा भद्धा दृष्य भएको ठान्छन् वाम बुद्धीजीवीहरु ।
हुदा हुदा प्रचण्डदेखि अरु पूर्व माओवादीलाई नेता नमान्ने, प्रचण्डको हैसियत सम्म सामाजिक सञ्जालमार्फत सोध्न भ्याए पूर्व एमाले कार्यकर्ताले भने माओवादी खेमाले पनि पात्र पात्रमाथि प्रश्न उठाउने गरेको देख्रिन्छ ।
मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकता रहेको दावीसहित ०७४ असोज १७ गते एमाले र माओवादीले एकता र तालमेलको घोषणा गरेका थिए । त्यसैको जगमा दुई पार्टीबीच ०७५ जेठ ३ गते एकता भएको थियो ।
नेकपा भित्र एकता पार्टी भित्र पार्टी , समुह भित्र समुह, बहु समुहहरुको एक पार्टी जस्तो देखिएको छ । यसले नेकपालाई फाईदा भन्दा बढी घाटा पुर्याउनेछ ।
कम्युनिष्टहरुका गुरु कार्लमाक्र्सले दर्शनका सन्दर्भमा के भनेका छन् भने हरेक बस्तुको विकास र विनाशमा मुख्य कारण आन्तरीक हुन्छ । त्यही सिद्धान्त मान्ने नेकपाका नेता प्रचण्डदेखि अरुहरु भने देशी विदेशी तत्वहरु पार्टी फुटाउन लागि परेको भनेर प्रचार गर्दछन् ।
जब कि बास्तविकता भने चाँही माक्र्सको द्धन्दवादको सिद्धान्त जस्तै आफै भित्रको आन्तरीक अन्तरविरोधले उनीहरु कमजोर भएका हुन् ।
यही दर्शनले मात्रा र गुणको भेद पनि खुट्याउछ । मात्रामा नेकपा ठूलो भए पनि गुणमा आफै कमजोर हुने दिशामा गएको छ । जति जनतामा हिजो आशा र भरोसा थियो त्यो आज निराशामा बदलिएको छ ।

गुण किन पनि कमजोर छ भने उसले जे जनतामा प्रतिवद्धता गर्यो त्यो पूरा भएन, भ्रष्टाचारीको अनुहारै हेर्दिन भनेर घोषणा गर्ने प्रधानमन्त्रीले आफ्नै किचेन क्याविनेटका मन्त्री बास्कोटाको ७० करोडको मोलमोलाईको खुलेआम प्रमाण सार्वजनिक हुदाँ पनि मन्त्रीबाट हटाउने बाहेक अरु भएको छैन । स्वास्थ्य सामाग्री बजार मुल्य भन्दा बढी किनेको कुरामा मन्त्रीको नाम समेत मुछिदा छानविन भएन ।
यति समुह प्रधानमन्त्रीकै नाम जोडेर प्रचार भएको भएकै छ , सरकारी जग्गा उसलाई २५ बर्षका लागि फेरी दिईएको छ ।
स्थानीय तहहरुमा बेतिथि उत्तिकै बढीरहेको छ । बेरोजगारी घटेको छैन । भारतदेखि खाडी सम्म अलपत्र परेका युवाहरुले गुहार लगाईरहेका छन् सुनुवाई भएको छैन ।
लिपुलेकमा नेपाली भूमिमा भारतले अतिक्रमण गरेर सडक नै बनाईसक्यो , त्यसको विरोधमा कुटनीतिक नोट बाहेक भारतसगँ वार्ता गर्न अझै सफल हुन सकेको छैन ।
यी सबै कारण र परिणामहरुले नेकपा संख्यामा ठूलो भए पनि गुणमा कमजोर छ भन्ने देखिन्छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी