लिपुलेकमा नेपालले कसैको ईसारामा विरोध गरेको भारतीय सेना प्रमुखको आरोप

लिपुलेकमा नेपालले कसैको ईसारामा विरोध गरेको भारतीय सेना प्रमुखको आरोप

  • शनिबार, जेष्ठ ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

नयाँ दिल्ली, जेष्ठ ३ । नेपाली भूमि मिचेर लिपुलेकमा सडक बनाएको भारतले उल्टै नेपालले अरु कसैको ईसारामा विरोध गरेको भनेर भारतीय सेनापतिले विवादास्पद अभिव्यक्ति दिएका छन् ।
भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपालले ‘अरु कसैको इसारामा’ पिथौरागढ–लिपुलेक सडकको विरोध गरेको आरोप लगाए । नयाँदिल्लीस्थित सुरक्षा तथा रणनीतिक मामिलाको थिंकट्याकं मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थानले शुक्रबार गरेको वेबनारमा नेपालले गरिरहेको विरोधमा चीनको हात रहेकोतर्फ संकेत गर्दै त्यस्तो धारणा राखेका हुन् ।
उनले नाम नलिए पनि चीन तर्फ ईसारा गरेको अनुमान गरिएको छ ।

भारतका रक्षा मन्त्री राजनाथ सिंहले गत शुक्रबार भिडियो कन्फरेन्समार्फत् पिथौरागढबाट लिपुलेक जोड्ने करिब ८० किलोमिटर सडकको उद्घाटन गरेका थिए ।
त्यस पछि नेपालले विज्ञप्ति र कुटनीतिक नोट दिएर विरोध जनाएको छ भने सडकमा समेत कोरोना संकटका बीच पनि प्रदर्शन हुदै आएको छ ।
भारतीय सेनापतिले नेपालले सडकको विरोध गर्नुको कुनै अर्थ नरहेको भनी गंभीर अभिव्यक्ति दिएका छन् ।

आईडीएसएले नियमित रुपमा गर्ने प्रबुद्ध व्यक्तिसँगको सम्वादअन्तर्गत शुक्रबार सेना प्रमुख नरवणे सहभागी थिए । कोभिड–१९ र भारतीय सेनाको भूमिका विषयको उक्त सम्वाद कार्यक्रममा भारतीय सेनाका पूर्व जनरल शेखर सिन्हाको जिज्ञासामा नरवणेले लिपुलेक र कालापानीका सम्बन्धमा त्यस्तो धारणा राखेका हुन् । तर, उनले नेपाल–भारत–चीनबीच त्रिदेशी विन्दुलगायत मुद्दाहरु भने मिलाउन बाँकी रहेको बताएका छन् ।

भारतले उत्तराखण्ड हुँदै नेपाली भूमिबाट नेपाल–चीन सीमा विन्दु लिपुलेकसम्म सडक निर्माण गरेको छ । त्यसमा नेपालको दार्जुला जिल्लाको गुन्जीबाट लिपुलेकसम्म १९ किलोमिटर नेपाली भूमि रहेको छ ।

नेपाल र भारतीय सेनाका प्रमुखलाई मानार्थ सेनापतिको उपाधी समेत प्रदान गरिदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ