कञ्चनपुर , जेठ २ । कोभिड १९ कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सीमा नाकाहरु बन्द गरिए पछि भारतको पलियाँमा फसेका साँढे ४ सय नेपालीहरूलाई आज नेपाल प्रवेश गराइएको छ ।
कैलाली कञ्चनपुरका नेपाल-भारतका विभिन्न सीमा नाकाहरुबाट फिर्ता गरिएका र भारतीय सीमावर्ती स्थानहरुमा पुगेका नेपाली नागरिकहरुलाई भारतको लखिमपुर खिरी पलिया स्थित बलदेव इन्टर कलेजमा क्वारेन्टाइनमा राखिएको थियो ।
नेपाल९भारत दुई देशिय पहलमा भारतीय क्वारेन्टाइनमा राखिएका ४५३ जनालाई आज शुक्रबार नेपाल प्रवेश गराइएको छ । भारतको पलियाँ स्थित क्वारेन्टाइनमा कैलाली ,कञ्चनपुर , बैतडी र सुर्खेत लगायतका जिल्लाका नागरिकहरु बसेका थिए । आज शुक्रबार नेपाल प्रवेश गराइएकाहरुको कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजार ९गौरीफन्टा सीमानाकामा उनिहरुको आरडिटी परिक्षण गरिदै छ । परिक्षण पश्चात् उनिहरुलाई सम्बन्धित जिल्लाको स्थानीय तहमा पठाउने तयारी गरिएको पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवन थापाले बताए ।

पलियाँको क्वारेन्टाइन र अलपत्र अबस्थामा रहेका नेपाली हरुलाई सीमा नाका गौरीफन्टा सम्म भारतीय प्रशासनले बसमार्फत पुगाएको थियो ।
आज नेपाल प्रवेश गराइएका नागरिकहरुलाई सम्बन्धित जिल्लाका स्थानीय तहहरुमा २१ दिन क्वारेन्टाइनमा राखेर पिसिआर परिक्षण गरिने पुनर्वास नगरपालिका नगर प्रमुख थापाले जानकारी दिएका छन् । भारतीय क्वारेन्टाइनमा छुटफुट रहेकाहरुलाई भोलि पनि नेपाल प्रवेश गराइने उनले बताए । आज प्रवेश गराइएकाहरु कुन जिल्ला र स्थानिय तहका कति जना रहेको बारे लगत संकलन कार्य जारी रहेको बेलुका अबेर सम्ममा आजको तथ्यांक संकलन गरि सकिने नगर प्रमुख थापाले बताएका छन् ।
